Lucky-Khabar_

राजावादीको काठमाडौँ तीनकुनेको आन्दोलनमा प्रहरीको गोली लागी एकको मृत्यु

१५चैत,काठमाडौँ | राजावादीको काठमाडौँ तीनकुनेको आन्दोलनमा प्रहरीको गोली लागी एकको मृत्यु भएको छ | गोली लागी घाइते अवस्थामा त्रिवि शिक्षण अस्पतालमा लगिएका प्रदर्शनकारीको अस्पताल पुर्‍याउँदा नै मृत्यु भइसकेको अस्पताल निर्देशक प्राडा सुवास आचार्यले बताए । आचार्यका अनुसार प्रहरीको समन्वयमा मृतकको पोस्टमार्टमका लागि फरेन्सिक विभागमा पठाइसकिएको छ ।

मृतकको विस्तृत परिचय खुलिनसकेकाे प्रहरी स्रोतले बतायो । तीनकुनेमा भएकाे आन्दाेलनमा प्रहरीले सुरुमा अश्रुग्यास प्रहार गरेकाे थियाे भने पछि रबरकाे गाेली र हवाइ फायर पनि गरेकाे थियाे ।

content ad p2

प्रदर्शनकारीहरुले प्रहरीकाे बन्दुक नै खाेसेकाे र सा‌ंघातिक आक्रमण गरेका दृश्यहरु सामाजिक संजालमार्फत सार्वजनिक भएकाे थियाे ।

सम्बन्धित खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर

रौतहटमा रास्वपा नेता राम आर्यको भेटघाट, इमानदारिता र विकासमा जोड

लक्की खबर

सरकारी कर्मचारीलाई गाडी किन्न ६० लाखसम्म ऋण, ब्याज शतप्रतिशत सरकारको!

लक्की खबर