१५चैत,काठमाडौँ | राजावादीको प्रदर्शनले आगो लगाएको घरभित्र जलेर एभिन्युजका पत्रकार सुरेश रजकको मृत्यु भएको प्रहरी जानकारी दिएको छ।

एभिन्युज टेलिभिजनका सम्पादक शिव दाहालले रजक विगत ५ वर्षदेखि क्यामरा पर्सनको रूपमा एभिन्युज टेलिभिजनमा कार्यरत थिए बताए।राजावादीले निजी घरमा लगाएको आगोमा परी रजकको मृत्यु भएको बताए।

दाहालका अनुसार रजकले उक्त आगलागी भएको घरको छतमा बसेर प्रदर्शनकारीहरूको भिडियो बनाइरहेका थिए। सोही घरमा प्रदर्शनकारीले आगो लगाएपछि उनी जलेका थिए।
प्रहरी प्रवक्ता डीआइजी दिनेशकुमार आचार्यले आगलागी भएको घरबाट एक जनाको शव निकालेको पुष्टि गरे। ‘आगलागी भएको घरबाट एक जनाको शव निकालेको छौं। पोस्टमार्टमका लागि शिक्षण अस्पताल लगिएको छ उनले भने।
रजक एभिन्युजका लागि उक्त घरबाट दृश्य खिचिरहेका बेला प्रदर्शनकारीले उक्त घरमा आगजनी गरेका थिए। त्यस्तै झडपमा कीर्तिपुरका अर्का एक युवकको पनि मृत्यु भएको छ। मृत्यु हुनेमा २९ वर्षीय सविन महर्जन रहेको प्रहरीले जानकारी दिएको छ।


