Lucky-Khabar_

हनुमान मन्दिरक मूल गेटको ताल्चा फुटाएर दान पेटिकाबाट रकम चोरी

१५चैत्,कलैया। कलैया उपमहानगरपालिका-१ बारा स्थित तरकारी बजारमा रहेको हनुमान मन्दिरको दान पेटिकाबाट दानको रकम चोरी भएको छ ।

content ad p2

मन्दिरको मूल गेटको ताल्चा फुटाएर अज्ञात व्यक्तिहरूले दान पेटिकाबाट करिब १० हजार रुपैयाँ बराबरको रकम चोरेको प्रहरीले जनाएको छ ।

चोरी रातिको समयमा भएको अनुमान बारा प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रकाश सापकोटाले जानकारी दिएको छ । बिहान मन्दिरका पुजारी पूजा गर्न जाँदा दान पेटिका खोलिएको र रकम चोरी भएको फेला परेपछि प्रहरीलाई खबर गरिएको थियो ।


घटनाको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बाराले तत्काल एक टोली खटाएर अनुसन्धान सुरु गरेको छ । डिएसपी सापकोटाले सत्य तथ्य बुझेर अपराधीलाई पत्ता लगाई छिट्टै कानुनी दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

स्थानीय बासिन्दाहरूले मन्दिरजस्तो पवित्र स्थलमा भएको चोरीको घटनाप्रति आक्रोश व्यक्त गरेका छन् । प्रहरीले घटनास्थलको निरीक्षण गरी आवश्यक प्रमाण सङ्कलन गरिरहेको छ । थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।

सम्बन्धित खबर

वीरगञ्ज–११ श्रीपुर नयाँ बस्तीमा ठूलो चोरी, २५ लाख रुपैयाँ बराबरका गहना चोरी भएको दाबी

लक्की खबर

साउदी अरबमा १२ वर्षमा ४९० विदेशी नागरिकलाई मृत्युदण्ड, पाकिस्तानी सबैभन्दा धेरै

लक्की खबर

लगानी बोर्डका पूर्व सीईओ सुशील भट्ट पक्राउ, राष्ट्र बैंक ऐनअन्तर्गतको कसुरबारे अनुसन्धान

लक्की खबर