Lucky-Khabar_

भारतको गृह मन्त्रालयले नेपालमा आफ्ना प्रहरी समातिएपछि सर्कुलर जारी गर्‍यो

२६चैत् वीरगञ्ज ।भारतको केन्द्रीय गृह मन्त्रालयले नेपालमा आफ्ना प्रहरी समातिएपछि सर्कुलर जारी गरेको छ । भारतको केन्द्रीय गृह मन्त्रालयले आफ्ना सबै राज्य र केन्द्र शासित प्रदेशका मुख्य सचिव, डीजीपीका नाममा सर्कुलर जारी गरेको हो ।

content ad p2

केही साता अघि पञ्जाब राज्यको प्रहरी सम्मिलित टोली कथित अपराधीलाई पक्राउ गर्न भनेर काठमाडौँ आएको थियो । उक्त टोलीलाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको थियो ।

भारतको केन्द्र सरकारले गरेको आग्रह अनुसार उक्त टोलीलाई नेपाल सरकारले रिहा गरेको पृष्ठभूमिमा भारतको केन्द्रीय गृह मन्त्रालयले आफ्ना राज्यहरूलाई सर्कुलर जारी गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

कुनै पनि अनुसन्धानका लागि विदेशी भूमिमा जानु परेमा अनिवार्य रूपमा अनुमति लिन केन्द्रीय गृह मन्त्रालयले भारतका सबै राज्यलाई सर्कुलर गरेको हो ।
भारतको केन्द्रीय गृह मन्त्रालयलेविदेशी भूमिमा कुनै ‘मिसन’का लागि जानु अघि आवश्यक अनुमति लिन पनि भनेको छ ।

सम्बन्धित खबर

फर्जी सदस्यता विवाद भिक्टोरिया सर्वोच्च अदालतमा, एनआरएनए अष्ट्रेलिया रिट प्रकरणमा प्रमाण पेश गर्न आदेश

लक्की खबर

भारतीय एसएसबीले भत्कायो नेपाली भूमि सुस्तामा छिरेर निर्माणाधीन बाँध

लक्की खबर

हमासको हतियार बिसाउने सहमतिलाई पाकिस्तानको स्वागत

लक्की खबर