Lucky-Khabar_

भारतको गृह मन्त्रालयले नेपालमा आफ्ना प्रहरी समातिएपछि सर्कुलर जारी गर्‍यो

२६चैत् वीरगञ्ज ।भारतको केन्द्रीय गृह मन्त्रालयले नेपालमा आफ्ना प्रहरी समातिएपछि सर्कुलर जारी गरेको छ । भारतको केन्द्रीय गृह मन्त्रालयले आफ्ना सबै राज्य र केन्द्र शासित प्रदेशका मुख्य सचिव, डीजीपीका नाममा सर्कुलर जारी गरेको हो ।

content ad p2

केही साता अघि पञ्जाब राज्यको प्रहरी सम्मिलित टोली कथित अपराधीलाई पक्राउ गर्न भनेर काठमाडौँ आएको थियो । उक्त टोलीलाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको थियो ।

भारतको केन्द्र सरकारले गरेको आग्रह अनुसार उक्त टोलीलाई नेपाल सरकारले रिहा गरेको पृष्ठभूमिमा भारतको केन्द्रीय गृह मन्त्रालयले आफ्ना राज्यहरूलाई सर्कुलर जारी गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

कुनै पनि अनुसन्धानका लागि विदेशी भूमिमा जानु परेमा अनिवार्य रूपमा अनुमति लिन केन्द्रीय गृह मन्त्रालयले भारतका सबै राज्यलाई सर्कुलर गरेको हो ।
भारतको केन्द्रीय गृह मन्त्रालयलेविदेशी भूमिमा कुनै ‘मिसन’का लागि जानु अघि आवश्यक अनुमति लिन पनि भनेको छ ।

सम्बन्धित खबर

अस्ट्रेलियामा रहेका इन्जिनियर आर्यन सुरज राउतलाई KICCI international द्वारा सम्मानित

लक्की खबर

साउदी अरबको दक्षिणपूर्वी क्षेत्रमा रहेको शायबाह तेल क्षेत्रमा ड्रोन आक्रमणका क्रममा खसेका अवशेष लागेर एक नेपालीसहित दुई जनाको मृत्यु भएको छ।

लक्की खबर

क्यानेडियन वस्तुमा ५० प्रतिशत भन्सार शुल्क लगाएको भन्दै ट्रम्पविरुद्ध मुद्दा दायर

लक्की खबर