Lucky-Khabar_

४ किलो गाँजा खाटमुनि लुकाएर राखेको एक जना पक्राउ

२७चैत्, रौतहट | रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ७ स्थित बनबहुअरी टोलबाट ४ किलो गाँजा खाटमुनि लुकाएर राखेको एक जना लागुऔषध गाँजासहित एकजना पक्राउ परेका छन् । विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको टोलीले ५० वर्षीय सुरेन्द्र साहलाई पक्राउ गरेको हो ।“““

साहलाई उनको घर अगाडि सडकमा फेला पारेर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । त्यसपछि घर खानतलासी गरिएकोमा साह सुत्ने कोठाको खाटमुनि “बाबा पोता” लेखिएको झोलामा गाँजा लुकाइएको अवस्थामा फेला परेको थियो ।

content ad p2


उक्त बरामद भएको गाँजा ४ किलो १०० ग्राम रहेको छ । पक्राउ परेका साहमाथि लागुऔषधसम्बन्धी कसूरमा अनुसन्धानका लागि रौतहट जिल्ला अदालतबाट १० दिनको म्याद थप गरि थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक साजन कुमार शर्माले बताए ।

सम्बन्धित खबर

वीरगञ्ज–११ श्रीपुर नयाँ बस्तीमा ठूलो चोरी, २५ लाख रुपैयाँ बराबरका गहना चोरी भएको दाबी

लक्की खबर

साउदी अरबमा १२ वर्षमा ४९० विदेशी नागरिकलाई मृत्युदण्ड, पाकिस्तानी सबैभन्दा धेरै

लक्की खबर

लगानी बोर्डका पूर्व सीईओ सुशील भट्ट पक्राउ, राष्ट्र बैंक ऐनअन्तर्गतको कसुरबारे अनुसन्धान

लक्की खबर