Lucky-Khabar_

४ किलो गाँजा खाटमुनि लुकाएर राखेको एक जना पक्राउ

२७चैत्, रौतहट | रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ७ स्थित बनबहुअरी टोलबाट ४ किलो गाँजा खाटमुनि लुकाएर राखेको एक जना लागुऔषध गाँजासहित एकजना पक्राउ परेका छन् । विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको टोलीले ५० वर्षीय सुरेन्द्र साहलाई पक्राउ गरेको हो ।“““

साहलाई उनको घर अगाडि सडकमा फेला पारेर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । त्यसपछि घर खानतलासी गरिएकोमा साह सुत्ने कोठाको खाटमुनि “बाबा पोता” लेखिएको झोलामा गाँजा लुकाइएको अवस्थामा फेला परेको थियो ।

content ad p2


उक्त बरामद भएको गाँजा ४ किलो १०० ग्राम रहेको छ । पक्राउ परेका साहमाथि लागुऔषधसम्बन्धी कसूरमा अनुसन्धानका लागि रौतहट जिल्ला अदालतबाट १० दिनको म्याद थप गरि थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक साजन कुमार शर्माले बताए ।

सम्बन्धित खबर

छिमेकीकै डेरा फुटाएर गरगहना चोरी गरेको आरोपमा दुई युवक पक्राउ

लक्की खबर

नारायणी अस्पतालबाट नवजात शिशु लिएर फरार भएकी महिला पक्राउ

लक्की खबर

वीरगञ्ज हुँदै भारत लैजाँदै गरेको दुई बोलेरोबाट दुई क्विन्टल गाँजा बरामद

लक्की खबर