Lucky-Khabar_

बिरगंजको ओम अस्पताल आठौं वर्षमा प्रवेश गरि आफ्नै भवनबाट सेवा विस्तार

राम आर्य
१० वैशाख, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर ३, विर्तामा अवस्थित ओम अस्पतालले ७ वर्ष सफलताका साथ सेवा प्रदान गरी आठौं वर्षमा प्रवेश गरेको छ। अस्पताल वीरगञ्ज १५,(भिष्वा) नया बसपार्कदेखि नेसनल मेडिकल कलेज जाने बाटोमा आफ्नै नयाँ भवनबाट सेवा सञ्चालनमा आएको हो ।

content ad p2


ओम अस्पतालका प्रबन्धक तथा निर्देशक डा. प्रो. जगतदिप प्रसाद यसअघि नेसनल मेडिकल कलेजमा एसोसिएट लेक्चररको रूपमा कार्यरत थिए।
अस्पताल व्यवस्थापनसँग असन्तुष्ट भएर उनले पटक–पटक राजीनामा दिन खोजे पनि अस्पताल सञ्चालकले उनको राजीनामा अस्वीकार गरेका थिए। सञ्चालकले डा. जगतदिपको क्षमता र अस्पताललाई आवश्यक रहेको भन्दै उनलाई प्रोफेसर बन्न उत्प्रेरित गरेका थिए।

डा. जगतदिपलाई काठमाडौंको एक अस्पतालबाट मासिक १० लाख रुपैयाँ तलबको आकर्षक प्रस्ताव आएको थियो। त्यस्तै दक्षिण अफ्रिकाको केपटाउनबाट पनि उनलाई सुनौलो अवसर प्राप्त भएको थियो। तर, यी सबै सुख–सुविधालाई त्यागेर डा. जगतदिपले वीरगन्जमै आफ्नै अस्पताल सञ्चालनमा ल्याएका छन्। उनले आफ्नो चिकित्सा करियरमा १० हजारभन्दा बढी सफल शल्यक्रिया गरिसकेका छन्।

कार्यक्रममा बोल्दै डा. प्रमोद सर्राफले वीरगन्जमा यति राम्रो अस्पताल हुँदाहुँदै पनि यहाँका कतिपय मानिस सामान्य बिरामी हुँदा पनि काठमाडौं जाने गरेकोमा दुःख व्यक्त गरे। उनले सबैलाई आफ्नो ठाउँ र शहरका अस्पताललाई प्राथमिकता दिन आग्रह गरे।

डा. सर्राफले वीरगन्जमा स्त्रीरोग सम्बन्धी राम्रो अस्पतालको आवश्यकता महसुस गरेर नै आफूले यो शहर रोजेको बताए। उनले वीरगन्जमा गरिएको शल्यक्रियाको गुणस्तर काठमाडौं र दिल्लीका अस्पतालमा हुने शल्यक्रिया सरह रहेको दाबी गरे, जसलाई काठमाडौंका डाक्टरहरूले पनि प्रशंसा गरेको उनले बताए।

ओम अस्पतालले हाल १५ बेडबाट आफ्नो क्षमता विस्तार गरी ५० बेड पु¥याउने तयारी गरिरहेको छ। आगामी २–३ महिनाभित्र अस्पतालमा आई.भि.एफ. सेवा पनि सुरु हुने प्रबन्धक तथा निर्देशक जगतदिप प्रसादले जानकारी दिए। वीरगन्ज र आसपासका बासिन्दालाई यो अस्पतालले थप गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त हुने विश्वास गरिएको छ।

सम्बन्धित खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर

सम्भावित चक्रवातको जोखिम : पर्सामा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर