Lucky-Khabar_

अहिन्सा एवं विश्व शान्ती कल्याणको लागि भगवान बुद्धको सन्देश आज पनि सान्दर्भीक छ – समाजसेवी प्रकाश उपाध्याय ।

लालबाबु सिंह,राम आर्य
२९ बैशाख, वीरगन्ज । अहिन्सा एवं विश्व शान्ती कल्याणको लागि शान्तिका नायक भगवान बुद्धको सन्देश आज पनि सान्दर्भिक रहेको समाजसेवी अधिवक्ता प्रकाश उपाध्यायले बताएको छ |

content ad p2

बुद्ध जयन्तिको अवसरमा शैक्षिक सहीद मुकुन्द प्रसाद खनाल स्मृति प्रतिष्ठान पर्साको आयोजनामा लगातार तेस्रो दिन भिस्वा डाडामा आयोजित निशुल्क सर्बत पानी वितरण कार्यक्रममा उपाध्यायले धारणा ब्यक्त गर्नु भयो । वर्तमान समयमा विश्व का धेरै जसो देशहरु युद्धको चपेटामा परिरहेको विषम स्तिथी रहेकोमा बुद्धले देखाएको बाटोमा हिडनु नै विश्व कल्याणको कारक हुने र यो नै बुद्ध प्रती सच्चा सम्मान हुनेछ भन्दै सम्पुर्णलाई दिन दुखी असहायको सेवा सहयोग गरि मानवता बलियो बनाउ आग्रह गर्नु भयो ।

विश्व शान्तिका प्रवर्तक गौतम बुद्धको जन्मदिन,ज्ञान प्राप्ती दिवस र महापरिनिर्वाण दिवसमा शान्ती अहिन्साको सन्देश फैलाउदै वीरगन्जको विश्व प्रख्यात स्तूप भिस्वा डाडा स्तुपमा बिहान ८ बजे देखि १ बजे सम्म श्रद्धालु भक्तजन स्थानिय गरि १८ सय जनालाइ सर्बत पानी खुवाएर सेवा गरिएको कार्यक्रम संयोजक प्रतिष्ठानका सहसचिव अजित भुजेलले जानकारी दिनुभयो ।

शैक्षिक सहिद मुकुन्द प्रसाद खनाल स्मृती प्रतिष्ठान पर्साका अध्यक्ष मुना कुमारी खनालको अध्यक्षतामा लगातार तेस्रो दिनको निशुल्क सर्बत पानी वितरण कार्यक्रममा प्रतिष्ठान सचिव लालबाबु सिंह , सदस्यहरु नवराज भट्टराई, अभिलाष गुप्ता,जय कुमार दनुवार, शान्ती माली ,सुम्निमा राजभण्डारी ,राजु गुप्ता ,सुभाश सिंह लगायत बिकन स्कुलका सहयोगी विद्यार्थीहरु सत्यम गुप्ता,इरेन उप्रेती,अन्कित सिंह ,अन्श राउत,सार्थक गुप्ता एवं संचारकर्मीहरुको बाक्लो सहभागिता रहेको थियो।
सो अवसरमा अध्यक्ष खनालले प्रतिष्ठानले ठाकुरराम क्याम्पसमा अध्यापन गराउदा गराउदै सहिद हुनु भएका शैक्षिक सहीद मुकुन्द प्रसाद खनालले गर्नुभएको सामाजिक कार्यहरु एवं सपनाहरु लाई साकार गर्न शैक्षिक एवं स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर विभिन्न कार्यक्रमहरू गर्दै दिन दुखी असहायको सेवा सहयोग गर्दै मानवता बलियो बनाउने कार्यको लागि यो प्रतिष्ठानको स्थापना गरिएको र आगामी दिनमा ग्रामिण भेगमा विभिन्न सेवा मुलुक कार्यक्रमको आयोजना गरिने बताउदै आज र ३ दिने निशुल्क पिउने पानी कार्यक्रममा सेवाकार्य गरि सघाएका प्रतिष्ठानका पदाधिकारी सदस्य,सल्लाहकार ,शुभेच्छुक ,सन्चारकर्मीहरु एवं बिकन स्कुलका विद्यार्थीहरु सत्यम गुप्ता,इरेन उप्रेती अन्कित सिंह अन्श राउत ,सार्थक गुप्ता लगायत सम्पुर्णलाई हार्दिक आभार व्यक्त गरेका थिए ।

सम्बन्धित खबर

सभापति अजय सर्राफको पहलमा वीरगञ्जको जग्गा वर्गीकरण फाइल भूमि प्रशासन कार्यालय, पर्सामा दर्ता

लक्की खबर

पर्सामा वडाध्यक्ष चतुर्वेदी पक्राउपछि वीरगञ्जमा आन्दोलन चर्कियो, वडा कार्यालयको सेवा बन्द र सडक अवरुद्ध

लक्की खबर

सरकारलाई २४ घण्टे अल्टिमेटम, माग पूरा नभए विनय यादव आमरण अनशनमा बस्ने

लक्की खबर