Lucky-Khabar_

रौतहटको परोहा न.पा.मा नर्सिङ(पटेल)परिवारद्वारा भगवान नरसिंहको जन्मोत्सव भव्यतासाथ सम्पन्न

राम आर्य
२८बैसाख,रौतहट | परोहा नगरपालिका रौतहटमा नर्सिङ(पटेल)परिवारद्वारा भगवान नरसिंहको जन्मोत्सव भव्यतासाथ कार्यक्रम गरि मनाईएको छ |

रौतहट जिल्लाको परोहा नगरपालिका वडा न.७,८नरकटियामा बसोबास गर्ने नर्सिङ(पटेल)परिवारद्वारा भगवान नरसिंहको जन्मोत्सव एकआपसमा मिलेर भव्यतासाथ बिभिन्न कार्यक्रम गरि मनाईएको छ |

content ad p2

सो कार्यक्रममा भगवान नर्सिङ(पटेल)परिवार मध्ये पुर्व प्रहरी नायव निरीक्षक(स.ई.) एवं रास्ट्रिय स्वतन्त्र पार्टी मदेश प्रदेशका यातायात विभागीय प्रमुख राम आर्यले भगवान नरसिंहको जन्मोत्सव मात्र जन्मोत्सव(पुजा) गरि मनाउने नभई नर्सिङ(पटेल)परिवारमा सबैले पहिले आफु ठिक्क ठाउमा रही परिवार समाजको लागि राम्रो सोच राखी  सदभाव, मायाप्रेम र मेलमिलापको वातावरण तयार पारि गर्नु पर्छ र मनाउनु पर्छ भनि जोड दिएका छ |

कार्यक्रम नर्सिङ(पटेल)परिवारका परोहा न.पा.वडा न. -८का समाजसेवी श्री मंगल राउत पटेलको सभापतित्वमा भएको छ र आउदो दिनमा सबै नर्सिङ(पटेल)परिवारलाई एकता गरि राख्ने र रहने जिम्मेवारीको लागी श्री मंगल राउत पटेल र श्री चन्द्रिका पटेललाई सर्व सहमतिले चुनिएको छ |


त्यस्तै कार्यक्रम परिवारका पुर्व सश्त्र प्रहरी नायब निरीक्षक (डिएसपी)राम प्रवेश प्र.आर्य तथा बिभिन्न युवा र जेष्ठ सदश्यहरुको उपस्थिति रहेका थिए भने उक्त कार्यक्रम क्याम्पसका प्रोफेसर श्री नितिश पटेलले बिशेष मिहनेत गरि संचालन गरेका थिए |

सम्बन्धित खबर

माईस्थान युवा क्लबको आठौँ गणेश पूजा महोत्सव सांसद कानुद्वारा समुद्घघाटन ,पुजा भव्य रूपमा सुरु

लक्की खबर

हरितालिका तीजमा पशुपतिनाथका चारै ढोका बिहान ३ बजेदेखि खुला हुने

लक्की खबर

पर्सागढी–४ मा कंस वध मेला–२०८३ सुरु:प्रमुख अथिति सांसद साहद्वारा उद्घाटन

लक्की खबर