Lucky-Khabar_

संचारकर्मीहरु एवं संचारगृह प्रती भैरहेको आक्रमणको विरोध गर्दै प्रेस सेन्टर पर्साले प्रजिअलाइ बुझाए ज्ञापनपत्र ।

लालबाबु सिंह,राम आर्य
२८ बैशाख वीरगन्ज । प्रेस सेन्टर नेपाल पर्सा जिल्ला समितिले संचारकर्मीहरू एवं संचारगृह माथि भइरहेको लगातारको दमन, हस्तक्षेप र आक्रमणको तीव्र विरोध गर्दै पर्साका प्रमुख जिल्ला अधिकारी गणेश आर्यललाई आइतबार ज्ञापनपत्र बुझाएको छ।

सेन्टरले प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूति सुनिश्चित गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय पर्सामा ज्ञापनपत्र बुझाउने कार्यक्रम आयोजना गरेको हो। उक्त कार्यक्रम प्रेस सेन्टर नेपालको केन्द्रीय निर्देशन अनुसार सञ्चालन गरिएको थियो।

content ad p2

कार्यक्रममा समितिका सचिव अजित भुजेलले ज्ञापनपत्र वाचन गर्दै पत्रकारहरूमाथि पछिल्लो समय भइरहेको डर, धाकधम्की, दमन र अभिव्यक्ति स्वतन्त्रतामा लगाइएको अंकुशप्रति गम्भीर चिन्ता व्यक्त गरे। उनीहरूले यस्ता गतिविधि लोकतान्त्रिक मूल्य र मान्यताविपरीत भएको भन्दै तत्काल अन्त्य गर्न माग गरे। ज्ञापनपत्रमार्फत पत्रकार सुरक्षाको प्रत्याभूति, स्वतन्त्र पत्रकारिताको सम्मान, तथा सञ्चार माध्यममाथिको सरकारी हस्तक्षेप रोक्न सरकारलाई जिम्मेवार र संवेदनशील बन्न आग्रह गरिएको छ।

प्रमुख जिल्ला अधिकारी आर्यलले ज्ञापनपत्र बुझ्दै सञ्चार क्षेत्रको स्वतन्त्रता लोकतन्त्रको मेरुदण्ड भएको उल्लेख गर्दै पत्रकारको हक अधिकार सुनिश्चित गर्न प्रशासन प्रतिवद्ध रहेको आश्वासन दिएका थिए ।

सम्बन्धित खबर

सभापति अजय सर्राफको पहलमा वीरगञ्जको जग्गा वर्गीकरण फाइल भूमि प्रशासन कार्यालय, पर्सामा दर्ता

लक्की खबर

पर्सामा वडाध्यक्ष चतुर्वेदी पक्राउपछि वीरगञ्जमा आन्दोलन चर्कियो, वडा कार्यालयको सेवा बन्द र सडक अवरुद्ध

लक्की खबर

सरकारलाई २४ घण्टे अल्टिमेटम, माग पूरा नभए विनय यादव आमरण अनशनमा बस्ने

लक्की खबर