Lucky-Khabar_

बाराको सिमरा महोत्सवमा आयोजकले अटेर गरेपछि डीएसपी वाइबाले काटिदिइन् माइकको लाइन

४ जेठ, काठमाडौं । बाराको सिमरा महोत्सवमा आयोजकले अटेर गरेपछि डीएसपी वाइबाले माइकको लाइन काटिदिइन् | बारामा जारी जितपुर-सिमरा व्यापार तथा सांस्कृतिक महोत्सव तोकिएको समयभन्दा ढिलासम्म सञ्चालन भएपछि प्रहरीले हस्तक्षेप गरेको छ ।

रातको समयमा शान्ति सुरक्षामा चुनौती हुने भन्दै प्रहरीले रातिको महोत्सव बन्द गराएको हो । प्रशासनले बिहान १० देखि साँझ ६ बजेसम्म अनुमति दिए पनि आयोजकले राति ९ बजेसम्म टिकट बेचेका थिए ।

content ad p2

आयोजकले अटेरी गरेर शनिबार रातिसम्म महोत्सव सञ्चालन गरेपछि डीएसपी शुभद्रा वाइबा आफैं स्टेजमा पुगेर महोत्सवको सांस्कृतिक कार्यक्रम रोकिदिइन् ।

भोजपुरी गायक सुनील पण्डित आफ्नो प्रस्तुति दिइरहेकै बेला डिएसपी वाइबाले स्टेजमा चढेर माइक नियन्त्रणमा लिइन् र माइकको लाइन पनि झिकिदिइन् ।


अनुमति पाएको समयभन्दा धेरै पछि (रातिमा) टिकट बिक्री भइरहेकोले महोत्सवको कार्यक्रम रोकेको डीएसपी वाइबाले बताइन् ।

डीएसपी वाइबाको भनाइ अनुसार आयोजकले भने १  घण्टा थप अनुमति मागेर साँझ ७ बजेसम्म कार्यक्रम सञ्चालन गरेको दाबी गरेका छन् । तर, ९ बजेपछि पनि टिकट बिक्री रोकिएको थिएन, जसले भिडभाड र झगडाको सम्भावना बढेपछि रोकिएको छ ।

सम्बन्धित खबर

सभापति अजय सर्राफको पहलमा वीरगञ्जको जग्गा वर्गीकरण फाइल भूमि प्रशासन कार्यालय, पर्सामा दर्ता

लक्की खबर

पर्सामा वडाध्यक्ष चतुर्वेदी पक्राउपछि वीरगञ्जमा आन्दोलन चर्कियो, वडा कार्यालयको सेवा बन्द र सडक अवरुद्ध

लक्की खबर

सरकारलाई २४ घण्टे अल्टिमेटम, माग पूरा नभए विनय यादव आमरण अनशनमा बस्ने

लक्की खबर