Lucky-Khabar_

सशस्त्र बिरगंजमा रहेको मकवानपुर ढुवानी सेवाको(ट्रान्सपोर्ट) गोदाममा प्रहरीको छापा, लाखौं मुल्यको काजु र चिनी बरामद ।

४ जेठ,बिरगंज।सशस्त्र प्रहरी बल पर्साको प्रस्तावित सिमा सुरक्षा गुल्मको सशस्त्र प्रहरीले पर्साको बिरगंज महानगरपालिका–८, रेल्वे रोडस्थित दुर्गा हल नजिकै रहेको मकवानपुर ढुवानी सेवाको गोदाममा छापा मारेर लाखौं मूल्य बराबरको काजु र चिनी बरामद गरेको छ।

गुल्म बिरगंजका डिएसपी लोकेन्द्र सुब्बाको कमान्डमा उक्त गोदाममा छापा मारिएको हो। भारतबाट भन्सार छलि अवैध रूपमा भित्र्याइएको काजु र चिनीको ठूलो परिमाण उक्त गोदाममा लुकाएर राखिएको अवस्थामा बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

content ad p2

सशस्त्र प्रहरी स्रोतले जानकारी दिएको अनुसार बरामद गरिएका सामग्रीहरू आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाउने प्रक्रिया भइरहेको छ।

सम्बन्धित खबर

सभापति अजय सर्राफको पहलमा वीरगञ्जको जग्गा वर्गीकरण फाइल भूमि प्रशासन कार्यालय, पर्सामा दर्ता

लक्की खबर

पर्सामा वडाध्यक्ष चतुर्वेदी पक्राउपछि वीरगञ्जमा आन्दोलन चर्कियो, वडा कार्यालयको सेवा बन्द र सडक अवरुद्ध

लक्की खबर

सरकारलाई २४ घण्टे अल्टिमेटम, माग पूरा नभए विनय यादव आमरण अनशनमा बस्ने

लक्की खबर