Lucky-Khabar_

मानव तस्करी प्रयास गर्दा पर्साबाट ३ जना पक्राउ, नबालिका उद्दार

४ जेठ,बिरगंज| पर्साको सिरिसिया र भारतको बिहारस्थित पन्टोका सीमाना हुँदै मानव तस्करी प्रयास गर्दा पर्साबाट ३ जना पक्राउ, एक नेपाली नाबालिका चेलीबेटीलाई उद्दार गरिएको छ।

भारतको सिमा सुरक्षा बल (एसएसबी) ले ती युवाहरूलाई शंकास्पद अवस्थामा नियन्त्रणमा लिई सोधपुछ गर्दा मानव तस्करीको आशंका पुष्टि भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।

content ad p2

स्रोत अनुसार पक्राउ परेका तीनै युवक बाराको कलैया निवासी रहेका छन्। उनीहरू क्रमशः सुशील पटेल, राहुल पटेल र सनतलाल पटेल हुन्। स्थानीय सुरक्षाकर्मीका अनुसार ती तीनै जना एउटै परिवारका सदस्य हुन्।

उनीहरूले १६ वर्षीया एक नाबालिकालाई ललाई फकाई भारततर्फ लैजाँदै गर्दा भारतीय सुरक्षा बलले उनीहरूलाई सीमामा नियन्त्रणमा लिएको हो। उद्दार गरिएकी किशोरी पनि बाराकै निवासी रहेको बताइएको छ।

सो सम्बन्धमा थप अनुसन्धान जारी रहेको एसएसबीले जनाएको छ। हाल नेपाल–भारत सीमाक्षेत्रमा मानव तस्करीका घटनाहरू बढ्दो क्रममा रहेकोप्रति स्थानीय बुद्धिजीवी र सचेत नागरिकले गम्भीर चिन्ता व्यक्त गरेका छन्।

सुरक्षा निकायले सीमावर्ती क्षेत्रमा निगरानी कडाई गर्नुका साथै आम नागरिकलाई पनि सतर्क रहन आग्रह गरेका छन्।

सम्बन्धित खबर

मलद्वारमा खैरो हेरोइन लुकाएर ल्याउँदै गरेका दुई पक्राउ

लक्की खबर

धादिङमा छोराको फलामे छड प्रहारबाट बाबुको मृत्यु, आरोपी पक्राउ

लक्की खबर

भारतबाट भन्सार छली ल्याइँदै गरेका २४ लाख बराबरका ३८ आईफोन बरामद, तस्कर फरार

लक्की खबर