Lucky-Khabar_

रसुवाको नाकाबाट साढे ७ किलो सुन सहित चालक पक्राउ

४बैसाख, काठमाडौं | रसुवा जिल्लाको रसुवागढी नाकाबाट साढे ७ किलो सुन सहित चालक प्रहरीले पक्राउ गरेको छ।

content ad p2

चीनको केरुङबाट नेपालमा आउँदै गरेको बा ४ ख ६२०१ नम्बरको स्याउ बोकेको कन्टेनरबाट उक्त परिमाणको सुन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले बताए।


प्रहरी नायब उपरीक्षक शाहीको नेतृत्वमा खटिएको प्रहरी टोलीले नाकाबाट सुनसहित चालकलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा रसुवाको गोसाइँकुण्ड गाउँपालिका-५ का २४ वर्षीय किशोर भुजेल रहेका छन्। चालकको सिटनजिकै फल्स बटम बनाएर सुन राखिएको फेला परेको छ भने यसबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक शाहीले बताए।

सम्बन्धित खबर

छिमेकीकै डेरा फुटाएर गरगहना चोरी गरेको आरोपमा दुई युवक पक्राउ

लक्की खबर

नारायणी अस्पतालबाट नवजात शिशु लिएर फरार भएकी महिला पक्राउ

लक्की खबर

वीरगञ्ज हुँदै भारत लैजाँदै गरेको दुई बोलेरोबाट दुई क्विन्टल गाँजा बरामद

लक्की खबर