Lucky-Khabar_

विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डि. आर. उपाध्यायको उपन्यास ‘ आसक्ती ‘ लोकार्पण

७ जेष्ठ वीरगन्ज । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा.डी.आर उपाध्याय ( धर्मराज खनाल ) को उपन्यास ‘आसक्ति’ लोकार्पण गरिएको छ । काठमाडौंमा मंगलबार एक विशेष समारोहबीच उक्त कृतिको लोकार्पण गरिएको हो । साहित्यिक पत्रकार संघको आयोजनामा भएको समारोहमा प्रमुख अतिथि सांसद डा.अमरेशकुमार सिंहले उक्त कृतिको लोकार्पण गर्नुभएको थियो ।

संघका अध्यक्ष राधेश्याम लेकालीको सभापत्विमा भएको समारोहमा महाकाव्यकार खेमनाथ दाहालले कृतिमाथि टिप्पणी गर्नुभएको थियो । उहाँले उपन्यासभित्रका पात्रका बारेमा क्रुरता र ममता दुबै भाव रहेको उल्लेख गर्दै एकातिर भौतिक सुख सुविधाको इच्छा र अर्कोतिर सत् पनि रहेको प्रसंग कोट्याउदै डा. उपाध्यायको साहित्य जगत ,समाज ,देश ,विश्व प्रती गर्नु भएको योगदानको मुक्त कण्ठले प्रसंशा गर्नु भएको थियो ।
सो अवसरमा विशिष्ठ कलाकार मदनदास श्रेष्ठ, उत्तम केसी, खनाल सेवा समाजका महासचिव माधव खनाल, गीतकार संघ नेपालका अध्यक्ष वसन्त वित्यासी थापा, गायक/संगीतकार सन्तोष श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राख्दै डा.उपाध्यायको कृतित्व र व्यक्तित्वका बारेमा चर्चा गर्नुभएको थियो । कलाकार मदनदासले महिशासुर नाटकको सानो अशं सम्वादसहित अभिनयसमेत प्रदर्शन गर्नुभएको थियो भने गायक एवं संगीतकार सागर अधिकारी ‘ घायल ‘ ले डा. उपाध्यायको छोरी बिदाइ गर्दाको गीत ‘ आफ्नै छातीबाट’ प्रस्तुत गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि सांसद डा.अमरेशकुमारले राजनीतिले देशलाई विभाजन गरेको भन्दै साहित्यले जोडनुपर्ने धारणा राख्नुभयो । उहाँले पृथ्वीनारायण शाहले देशलाई एकीरण गरेको सन्दर्भ निकाल्दै यतिबेला साहित्यकारहरूले आफ्नो कलमका माध्यमबाट देशलाई जोडनुपर्ने विचार व्यक्त गर्नुभयो । देशको अवस्था दिनानुदिन बिग्रदै गएकाले सचेत वर्गले आफ्ना सिर्जनामार्फत खबरदारी गर्न उहाँले आग्रह गर्नुभयो । ‘राजनीतिले ढुंगा हान्न सिकाउँछ, देश झन् पछि झन् अद्योगतितर्फ छ । सचेत नागरिकले आफ्ना सिर्जनामार्फत कडा रूपमा खबरदारी गर्नुपर्ने समय छ, यसका लागि म सबैमा आग्रह गर्दछु’, उहाँले भन्नुभयो । सर्जक डा.उपाध्यायलाई बधाई दिँदै उहाँका सिर्जना र कीर्तिमानले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन मद्धत पुर्याएको बताउँदै यस्ता व्यक्तिलाई भारत, श्रीलंकालगायत अन्य देशमा देशको रत्न भनेर सम्मान गर्ने गरिएको भए पनि हामीकहाँ आफ्ना आसेपासे र परिवारका मान्छेलाई यस्तो सम्मान दिने गरिएकोले असल साहित्यकार निराश भएर ओझेलमा परिरहेकोमा चिन्ता ब्यक्त गर्नु भएको थियो ।

content ad p2

सो हि अवसरमा सर्जक डा.उपाध्यायले आफूले हाम्रै समाज र परिवेशका घटनाक्रमलाई साहित्यमार्फत उजागर गर्ने गरेको जिकिर गर्नुभयो । विश्व कीर्तिमान राख्ने उद्देश्यले काम नगरेको भए पनि गर्दै जाँदा कीर्तिमानहरू थपिँदै गएर देश साहित्यको सम्मान भएकोमा आफुलाइ निकै खुशीको साथै गर्व लागेको बताएका थिए ।
सो कार्यक्रममा प्रवासमा बसेर नेपाली भाषा र साहित्यको सेवा गर्नुभएका साधक विनोद खड्कालाई सम्मान गरिएको थियो भने स्रष्टा डा.उपाध्यालाई लेखक सम्मान र प्रमुख अतिथिलाई मायाको चिनोसहित सम्मान गरिएको थियो ।
कृष्ण भुसालले सहजीकरण गर्नुभएको कार्यक्रममा अतिथिहरूलाई डा.बुनु दाहाल र रितु कँडेलले खादा-माला लगाइ स्वागत गरेका थिए । ‘आसक्ति’लाई कृष्ण भुसालले सम्पाद गर्नुभएको हो भने रमेश दाहालले भाषा सम्पादन गर्नुभएको छ । कुम्भ छापाखाना प्रा.लिले प्रकाशन गरेको २१२ पृष्ठको यस कृतिको मूल्य २५० रुपैयाँ राखिएको छ । कार्यक्रममा साहित्यका साथै विभिन्न क्षेत्रका विशिष्ट व्यक्तत्वको बाक्लो उपस्थिति रहेको थियो ।
डा. उपाध्यायले गीत/संगीतका साथै विभिन्न विधामा १५३ विश्व कीर्तिमान कायम गर्नु भैसकेका डा.उपाध्यायको यो १७ औ कृति हो । डा.उपाध्यायका यसअघि ‘मझधार बज्रघात, त्यागी, भाग्यचक्र, अपवित्र छायाँ, स्वार्थी, बिटुली, अतिरिक्त, दगाबाज, अधुरो प्रेम, सपनाकी रानी, कफी लभ, मेरी प्रिया, भाइरस लभ, कसुर’ जस्ता कृतिहरू पाठकमाझ छन् ।
यस्तै उहाँका ‘प्रणय, नशालु नजर, जखम, प्रतिनाद, अन्तराप, सहेली, जोहो, माउण्टेन मेलोडी, परिष्कृत, कृति, प्रतिनाद, पृथक, अन्जान तिर्खा, सुधारस, स्वर्गघर, नजरको तीर, सभेन्थ कड्स, सौभाग्यको सिन्दुर, अनुभूतिको मझेरीमा, चाहनाको महल, कत्वर्य बोध, धरोहर, हृदयको झंकार, धर्ती र जीवन, प्रतिभा, सपनाको महल, धड्कन, आकांक्षा, अभिभूत, अभिलाषा, आवृत’लगायत ३६ वटा एल्बम श्रोता/दर्शकमाझ आएका छन् । डा.उपाध्याका सबैभन्दा सानो गीतको पुस्तक (२ वाई २ इन्च)को गीतिसंग्रह ‘अनुभूतिको मझेरी’, नोट साइजको गीति पुस्तक ‘चोट’ र व्यञ्जन वर्णका ३४ अक्षरबाट तयार गरिएको गीति कविता ‘प्रेयसी’ सबैभन्दा ठूलो गीतको पुस्तक २४/३६ इञ्जको ‘अलौकिक’, एक लाइन अंग्रेजी र एक लाइन नेपाली रहेको गीति पुस्तक ‘अपरिमित’ पनि पाठकमाझ आइसकेको छ । समाजसास्त्रमा विद्यावारिधि गर्नुभएका डा.उपाध्यायलाई विदेशका विभिन्न आठवटा विश्वविद्यालयले मानार्थ विद्यावारिधिको उपाधिसमेत प्रदान गरि सम्मान गरेका छन् ।

सम्बन्धित खबर

सभापति अजय सर्राफको पहलमा वीरगञ्जको जग्गा वर्गीकरण फाइल भूमि प्रशासन कार्यालय, पर्सामा दर्ता

लक्की खबर

पर्सामा वडाध्यक्ष चतुर्वेदी पक्राउपछि वीरगञ्जमा आन्दोलन चर्कियो, वडा कार्यालयको सेवा बन्द र सडक अवरुद्ध

लक्की खबर

सरकारलाई २४ घण्टे अल्टिमेटम, माग पूरा नभए विनय यादव आमरण अनशनमा बस्ने

लक्की खबर