Lucky-Khabar_

सामूहिक बलात्कार गर्ने काका नातामा पर्ने ७ जना सहित पक्राउ

१८जेठ, कालिया । बारामा ८ वर्षीय एक बालिकाको सामूहिक बलात्कार गर्ने काका नातामा पर्ने ७ जना सहित प्रहरीद्वारा पक्राउ परेका छ | बाराको जिल्लाको प्रसौनी गाउँपालिकाकी ८ वर्षीय बालिकामाथि जेठ १३ गते राति १० बजेतिर सामूहिक बलात्कार भएको घटना अहिले प्रकाशमा आएको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) विजयराज पण्डितले घटना १३ गते रातिको भए पनि घटनाबारे प्रहरीले जेठ १४ गते मात्रै खबर थाहा पाएको बताए ।

स्वास्थ्य परीक्षणबाट पीडित भनिएकी बालिकामाथि सामूहिक बलात्कार भएको पुष्टि भएको उनले जानकारी दिए । पीडित बालिकालाई उनका अभिभावकले वीरगञ्जको नेशनल मेडिकल कलेजमा उपचारका लागि भर्ना गरेपछि उपचारका क्रममा बलात्कारको पुष्टि भएपछि मात्रै प्रहरीमा खबर गरिएको उनले बताए ।

content ad p2


पीडित बालिकाको अहिले वीरगञ्जको नारायणी अस्पतालमा प्रहरीको निगरानीमा उपचार जारी रहेको उनले बताए ।

घटनाको अनुसन्धानका क्रममा प्रहरीले ७ जनालाई नियन्त्रणमा लिइसकेको र उनिहरूविरुद्ध बारा जिल्ला अदालतबाट पाँच दिनको म्याद थपको अनुमति लिई अनुसन्धान जारी रहेको उनले बताए ।

प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएकाहरू नाबालिग रहेकाले उनीहरूको पहिचान खुलाउन नमिल्ने डिएसपी पण्डितको भनाइ छ । प्रहरीले नियन्त्रणमा लिएकाहरूको पहिचान नखुलाए पनि उक्त घटनामा संलग्न रहेको आरोपमा पीडित बालिकाकै नातामा काका पर्ने एक व्याक्ति पनि प्रहरीको हिरासतमा छन् ।

घटना घटेको बिवरण :-

बालिकाको घरसँगै जोडिएको आफन्टको   घरमा जेठ १३ गते छोरीको बिहे थियो । बिहेको अघिल्लो दिन जेठ १३ गते राति  घरमा कथामटकोर (बिहेको अघिल्लो दिन हुने विधि) थियो । जेठ १३ गते राति कथामटकोरको पूजापाठको विधि सकिएपछि भोज सुरु भयो । भोज खाएर छरछिमेककाहरू घर फर्किन थाले ।

त्यतिबेला  करिब रातिको १० बजेतिर  पीडित भनिएकी बालिका घर छेउको धारामा पानी भर्न गएकी थिइन् । त्यही बेला केही व्यक्तिहरूले उनको हात समातेर धारा छेउकै मकैवारिमा लगे । मकैवारिमा बालिकामाथि ३ जनाले पालैपालो बलात्कार गरे । बालिका अचेत भइन् । होस् खुलेपछि उनी लरखराउँदै घर तर्फ आउदै गर्दा  घर छेउको आँगनमा पुग्ने बित्तिकै उनी फेरि अचेत भएर लडिन् ।

त्यसपछि लगतै उनका अभिभावकले उनलाई कलैयास्थित प्रादेशिक अस्पतालमा लगे । त्यहाँ बालिकाको योनीबाट रगत बगिरहेको अवस्थामा चिकित्सकले देखेपछि घटना शङ्कास्पद भएको हुनसक्ने आकलन गरेर उपचारका लागि अन्यत्र लैजान सुझाए दिएपछि  अभिभावकले प्रहरीलाई समेत खबर नगरी बालिकालाई उपचारका लागि वीरगञ्जको नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा लगेर भर्ना गरे ।

मेडिकल कलेजमा उनको उपचार सुरु क्रममा बालिकाको बलात्कार भएको पुष्टि चिकित्सकले गरेपछि अस्पताल प्रशासनले प्रहरीलाई खबर गरेको बुझिएको छ । अस्पतालमा पुगेर प्रहरीले बालिकालाई वीरगञ्जकै नारायणी अस्पतालमा लगेर भर्ना गरेको छ । अहिले ती बालिकाको नारायणी अस्पतालमै उपचार जारी छ ।

नारायणी अस्पतालका सूचना अधिकारी तथा वरिष्ठ चिकित्सक डा. उदयनारायण सिंहले पीडित बालिकाको स्वास्थ्य अवस्था अहिले सुधारोन्मुख र खतरामुक्त रहेको जानकारी दिए । डा. सिंहले भने,‘ सुरुमा अस्पतालमा ल्याइएका बेला गहिरो घाउ थियो । त्यसका कारण माइनर अप्रेसन नै गर्नुपर्‍यो । अहिले भने अवस्था सुधारोन्मुख छ ।’ भनि बताए |

सम्बन्धित खबर

छिमेकीकै डेरा फुटाएर गरगहना चोरी गरेको आरोपमा दुई युवक पक्राउ

लक्की खबर

नारायणी अस्पतालबाट नवजात शिशु लिएर फरार भएकी महिला पक्राउ

लक्की खबर

वीरगञ्ज हुँदै भारत लैजाँदै गरेको दुई बोलेरोबाट दुई क्विन्टल गाँजा बरामद

लक्की खबर