Lucky-Khabar_

बाराको विश्रामपुर गाउँपालिका वडा नं. ५ मा ५० लाखको लागतमा निर्माण हुने विवाह भवनको शिलान्यास

 

कन्हैया पटेल

content ad p2

२० जेठ , बिरगंज ।हिजो सोमबार  बाराको विश्रामपुर गाउँपालिका वडा नं. ५ मा ५० लाखको लागतमा निर्माण हुने विवाह भवनको शिलान्यास भएको छ।

मधेस प्रदेश सरकारअन्तर्गत उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयको कोषबाट करिब ५० लाख रुपैयाँको लागतमा निर्माण हुने उक्त भवनको शिलान्यास वडा अध्यक्ष अमिरिलाल गुप्ताको विशेष पहलमा सम्पन्न भएको हो।

सि  समारोहमा गाउँपालिका अध्यक्ष जुल्फकार अली भुट्टो (जुबेर भाई) प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा स्थानीय नेता धर्मदेव यादव, मनिर देवान, समाजसेवी कृष्णा साह, गोपिचन्द गुप्ता तथा अन्य स्थानीयवासीको उल्लेखनीय उपस्थिति रहेको थियो।

वडा अध्यक्ष गुप्ताले केही वर्षदेखि अतिक्रमणमा रहेको जग्गा खाली गराई भवन निर्माणको बाटो खोलिएको जानकारी दिनुभयो। उहाँले सो भवनले स्थानीयवासीलाई विवाहलगायत विविध सामाजिक तथा सांस्कृतिक कार्यक्रमहरूको लागि उपयुक्त स्थल उपलब्ध गराउने विश्वास व्यक्त गर्नुभयो।

गाउँपालिका अध्यक्ष भुट्टोले विवाह भवनको निर्माणलाई सामाजिक र सांस्कृतिक समृद्धितर्फको महत्वपूर्ण कदमको रूपमा व्याख्या गर्दै, यस कार्यमा सबै पक्षको सहयोग र सहकार्य अपरिहार्य रहेको बताउनुभयो।

वडा अध्यक्ष गुप्ताका अनुसार निर्माण कार्य छिट्टै सुरु गरिनेछ र समयमै सम्पन्न गरिने लक्ष्य रहेको छ।

सम्बन्धित खबर

पर्सा–बाराका विभिन्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको सरुवा

लक्की खबर

नागरिकसँग मागे माफी, कमजोरी सुधार्दै जनताको हितमा समर्पित हुने प्रतिबद्धता:गाउँपालिकाका अध्यक्ष यशवन्त  यादव

लक्की खबर

वार्षिक समीक्षा गोष्ठीमा पाँच स्वास्थ्य संस्था सम्मानित, प्रगतिमा आंशिक कमी

लक्की खबर