मोरक्कोमा पनि नेपालकै जस्तै जेन-जी आन्दोलन तीव्र बनेको छ। बेरोजगारी, भ्रष्टाचार र असमानताविरुद्ध हजारौं युवा सडकमा उत्रिएर प्रदर्शन गरेका छन्। राजधानी र प्रमुख सहरहरूमा भइरहेका विरोध प्रदर्शनमा विद्यार्थी, बेरोजगार युवा र सामाजिक अभियन्ताहरूको व्यापक सहभागिता देखिएको छ।

आन्दोलनकारीहरूले सुशासन, पारदर्शिता र रोजगारीको ग्यारेन्टीको माग गर्दै सरप्रदर्शनकारीहरूका अनुसार विश्वकप निर्माण कार्यमा व्यापक भ्रष्टाचार भएको छ। युवा पुस्ताले ‘स्टेडियम होइन, शिक्षा र स्वास्थ्य चाहिन्छ’ भन्ने माग गर्दै सडक र सामाजिक सञ्जाल दुवै माध्यमबाट सरकारमाथि प्रश्न उठाएका छन्।

देशमा बेरोजगारी, मूल्यवृद्धि र अवसरहरूको अभाव जस्ता दीर्घकालीन समस्याहरू पनि आन्दोलनको प्रमुख विषय बनेका छन्।

मोरक्कन एसोसिएसन फर ह्यूमन राइट्स लगायतका संस्थाहरूले सरकारलाई दमन होइन, संवादको बाटो अपनाउन सुझाव दिएका छन्। उनीहरूका अनुसार, “वार्ताको सट्टा गिरफ्तारी र बल प्रयोगले जनआक्रोशलाई अझै भड्काइरहेको छ।”


