Lucky-Khabar_

संघीय लोकतान्त्रिक मोर्चाको विश्वास – सोनल नेतृत्वको सरकारबाट संघीयता बलियो बन्ने

राम आर्य
वीरगञ्ज।मधेश प्रदेशमा हालै गठन भएको मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनल नेतृत्वको नयाँ सरकारप्रति संघीय लोकतान्त्रिक मोर्चाले समर्थन जनाउँदै संघीयता सुदृढ हुने विश्वास व्यक्त गरेको छ।

content ad p2

मोर्चाका नेताहरूले शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै भनेका छन् कि “संघीयताको मर्म र भावना मधेशको माटोमा गढिएको छ। अब मधेशकै नेतृत्वमा बनेको सरकारले संघीयता कार्यान्वयनको नयाँ युग सुरु गर्नेछ।”

विज्ञप्तिमा भनिएको छ—
“मुख्यमन्त्री सोनल दीर्घकालीन रूपमा संघीयता, समावेशिता र स्वायत्त शासनका पक्षधर नेता हुन्। उनको नेतृत्वमा मधेश प्रदेशले आफ्नो अधिकार, पहिचान र आत्मसम्मानका मुद्दा मजबुत रूपमा अघि बढाउनेछ।”

संघीय लोकतान्त्रिक मोर्चाले सोनल सरकारसँग संघीय अभ्यासलाई प्रभावकारी बनाउन पाँच प्रमुख सुझाव अघि सारेको छ —प्रदेशलाई आर्थिक स्रोत र बजेटको स्वायत्तता सुनिश्चित गर्ने,संघीय कर्मचारी समायोजन र प्रदेश सेवा ऐन तत्काल कार्यान्वयन गर्ने,स्थानीय तहसँग समन्वय बढाई नीति निर्माणमा सहकार्य गर्ने,प्रदेशको भाषा, संस्कृति र पहिचान संरक्षणलाई प्राथमिकता दिने,केन्द्रको अनावश्यक हस्तक्षेप रोक्ने व्यवस्था गर्ने।

मोर्चाका संयोजक राजकिशोर यादवले भने,

“संघीयता कुनै दलको स्वार्थ होइन, यो देशको अस्तित्व र पहिचानसँग जोडिएको व्यवस्था हो। सोनलजीको नेतृत्वमा बनेको सरकारले यसको अभ्यासलाई संस्थागत रूप दिनेछ भन्ने हाम्रो दृढ विश्वास छ।”

उक्त मोर्चामा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी, समाजवादी मोर्चा, मधेशी अधिकार फोरमलगायतका दलहरू आबद्ध छन्।

राजनीतिक विश्लेषकहरूका अनुसार मधेश प्रदेशमा नयाँ सत्ता समीकरणसँगै संघीय शासन प्रणालीको व्यावहारिक कार्यान्वयनमा आशा जागेको छ। यद्यपि, केन्द्रसँगको स्रोत बाँडफाँट र कर्मचारी समायोजनजस्ता चुनौतीहरू समाधान हुन बाँकी छन्।

सम्बन्धित खबर

सभापति अजय सर्राफको पहलमा वीरगञ्जको जग्गा वर्गीकरण फाइल भूमि प्रशासन कार्यालय, पर्सामा दर्ता

लक्की खबर

देवानगञ्ज घटनापछि लहानमा तनाव, स्थिति नियन्त्रण गर्न प्रहरीले गर्‍यो हवाई फायर

लक्की खबर

धर्मभन्दा माथि राष्ट्रिय एकता : संसदमा नेता रहबर अन्सारीको सन्देश

लक्की खबर