Lucky-Khabar_

सामोआलाई नेपालले २ सय १२ रनको विशाल लक्ष्य दियाे

काठमाडौँ। ओमानमा जारी आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत सुपर सिक्स चरणको अन्तिम खेलमा सामोआलाई नेपालले २१२ रनको विशाल लक्ष्य दिएको छ।

content ad p2

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २११ रन बनायो। नेपालका दुई प्रमुख ब्याट्सम्यानले अर्धशतक प्रहार गरे — आसिफ शेखले ४१ बलमा ६९ रन बनाउँदा दीपेन्द्रसिंह ऐरीले ३३ बलमा ५३ रनको योगदान दिए।

ओपनर कुशल भुर्तेल १७ रनमा आउट भए भने आरिफ शेख ९ रनमै पेभिलियन फर्किए। कप्तान रोहित पौडेलले १२ बलमा २१ रन बनाउँदै तेज गति दिएको खेलमा लोकेश बमले १२ बलमै ३९ रनको विस्फोटक पारी खेल्दै टिमलाई २११ सम्म पु¥याए।

अब सामोआलाई जितका लागि २१२ रनको चुनौती छ। यदि नेपालले यो खेल जित्यो भने छनोट प्रतियोगिताको उपाधि समेत हात पार्नेछ।

त्यस्तै, नेपालले यसअघि नै ओमान र युएईसँगै शीर्ष तीन स्थान सुरक्षित गर्दै सन् २०२६ मा भारत र श्रीलंकामा हुने आईसीसी टी–२० विश्वकपको लागि स्थान सुरक्षित गरिसकेको छ।

सम्बन्धित खबर

सभापति अजय सर्राफको पहलमा वीरगञ्जको जग्गा वर्गीकरण फाइल भूमि प्रशासन कार्यालय, पर्सामा दर्ता

लक्की खबर

देवानगञ्ज घटनापछि लहानमा तनाव, स्थिति नियन्त्रण गर्न प्रहरीले गर्‍यो हवाई फायर

लक्की खबर

धर्मभन्दा माथि राष्ट्रिय एकता : संसदमा नेता रहबर अन्सारीको सन्देश

लक्की खबर