वीरगञ्ज, २२ कार्तिक – अर्थमन्त्री डा. रामेश्वर खनालले वीरगञ्जमा निजी क्षेत्रसँग आर्थिक संकट, कर सुधार र अवैध व्यापार नियन्त्रणबारे छलफल गरेका छन्।

उनले निजी क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्ड भन्दै उद्योग सञ्चालनका लागि सहज वातावरण बनाउने प्रतिबद्धता जनाए।

खनालले कर दायरा विस्तार, भन्सार प्रणाली सुधार र अवैध व्यापार नियन्त्रणमा नीतिगत परिवर्तन अघि बढाउने बताए। उनले सरकार भाषण होइन, काम गरेर देखाउने खालको भएको उल्लेख गरे।
?
निजी क्षेत्रले कर दरको अस्थिरता, ऊर्जा समस्या र सरकारी झन्झटपूर्ण प्रक्रियाप्रति गुनासा राख्दै दीर्घकालीन आर्थिक नीति बनाउन सुझाव दिए।


