Lucky-Khabar_

रास्वपाको चितवनको सौराहामा केन्द्रिय समितिको विस्तारित बैठक चल्दै

चितवन ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रिय समितिको विस्तारित बैठक चितवनको सौराहामा जारी छ। बैठकमा देशभरका पदाधिकारी र क्रियाशील कार्यकर्ताहरूको विशेष उपस्थिति रहेको छ।

बैठकमा कार्यवाहक सभापतिले रास्वपाको राजनीतिक प्रतिवेदन पेस गर्दै हालको राजनीतिक परिस्थिति, पार्टीको आगामी रणनीति तथा संगठन सुदृढीकरणका विषयमा विस्तृत जानकारी दिएका छन्।

उनले आफ्नो मन्तव्यमा भने, “अब देशलाई राम्रो बनाउन रास्वपामात्र सक्षम शक्ति हो भन्ने विश्वास नेपाली जनतामा बलियो रूपमा पलाइसकेको छ।” उनले पार्टीको नीति, सिद्धान्त र जनमुखी कार्यक्रमले देशको राजनीतिक परिवेशमा नयाँ आशा जगाएको पनि उल्लेख गरे।

बैठकमा विभिन्न प्रदेशका प्रतिनिधिहरूले आ–आफ्ना क्षेत्रका राजनीतिक तथा संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्दै पार्टीका आगामी कार्यक्रम र नीति–निर्देशनका विषयमा छलफल गरिरहेका छन्।

content ad p2

रास्वपाका अनुसार बैठकबाट संगठन सुदृढीकरण, स्थानीय संरचना विस्तार र आगामी राजनीतिक योजनाबारे महत्वपूर्ण निर्णय हुने अपेक्षा गरिएको छ।

सम्बन्धित खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर

सम्भावित चक्रवातको जोखिम : पर्सामा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर