Lucky-Khabar_

विराटनगरलाई काठमाण्डौले “दियो १ सय ३५ रनको लक्ष्य

काठमाडौं ।काठमाण्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत विराटनगर किंग्सलाई १३५ रनको लक्ष्य दिएको छ। टस हारेर ब्याटिङ थालेको काठमाण्डुले निर्धारित ओभरमा ६ विकेट गुमाएर १३४ रन मात्र बनाउन सफल भयो।

content ad p2

काठमाण्डुका लागि आदिल आलम अविजित ४८ रन बनाए भने वेन चार्ल्सवर्थले ३२ रनको योगदान दिए। बलिङतर्फ विराटनगरका मर्चेन्ट डे लाङले २ विकेट लिए भने सन्दीप लामिछाने, शुभम रञ्जाने र सूर्य तामाङले समान १–१ विकेट लिए।

काठमाण्डुले उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई ५ विकेटले हराएको थियो भने अर्को खेलमा सुदूरपश्चिमसँग पराजित भएको थियो। आजको खेल विराटनगरका लागि दोस्रो हो; पहिलो खेलमा उसले पोखरालाई हराएको थियो।

एनपीएलको दोस्रो संस्करणमा सुदूरपश्चिम, पोखरा, विराटनगर, काठमाण्डु, लुम्बिनी, चितवन, जनकपुर र कर्णाली गरी आठ टोली सहभागी छन्। प्रतियोगिता गत मङ्सिर १ गतेदेखि सुरु भएको हो र यही मङ्सिर २७ गतेसम्म सञ्चालन हुनेछ।

सम्बन्धित खबर

परराष्ट्रमन्त्री खनाल र फ्रान्सेली राजदूतबीच शिष्टाचार भेट

लक्की खबर

वीरगञ्जमा महिलालाई तीनमहिने सिलाई कटाई तथा ब्युटिसियन तालिम

लक्की खबर

रास्वपा जगरनाथपुर–६ द्वारा शुभकामना आदानप्रदान तथा  जनगुनासो सुनुवाइ कार्यक्रम सम्पन्

लक्की खबर