राम आर्य
वीरगञ्ज| वीरगञ्जमा सम्पन्न अधिवेशनमा कुर्मी बिना प्रतिस्पर्धा सभापति बने। उपसभापतिमा हेमन्त पाण्डे, पप्पु गिरी, राजिव सर्राफ र फरियाद आलमको चयन गरिएको छ। सोही अधिवेशनमार्फत विकेश साह सचिव, जबकि सहसचिवमा सुरज चौधरी, दिलशाद इकबाल र प्रमानन्द पटेल चयन भए। कोषध्यक्षका रूपमा प्रभात मण्डल र मनिषा महतो निर्विरोध निर्वाचित भए।

संगठनका सदस्यका रूपमा मोइन हुसेन, रमेश दास, विजय साह, मुकेश यादव, सुमित साह, आशीष तिवारी, सिद्धार्थ पटेल, बृजेश रौनियार, प्रवेश साह र पुष्पराज साह जिम्मेवारीमा प्रवेश गरेका छन्।

अधिवेशन निवर्तमान सभापति पियांशु गुप्ता रौनियारको अध्यक्षतामा सम्पन्न भएको थियो। उद्घाटन सत्रमा नेपाली कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्री प्रमुख अतिथि रहेका थिए। कांग्रेस पर्साका उपसभापति रामनारायण कुर्मी, मधेस प्रदेशका पूर्व अध्यक्ष मनोज दास, नेविसंघ पर्साका सभापति रमेश यादवलगायतको उल्लेखनीय उपस्थिति थियो।

नयाँ नेतृत्व चयनसँगै संगठनले पर्साको इन्जिनियरिङ तथा सामाजिक क्षेत्रको सुदृढीकरण र समग्र विकासका लागि सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।


