Lucky-Khabar_

पर्सामा बहुप्रतीक्षित वीरगञ्ज सुपर लिग—२०२५ को चौथो संस्करण भव्य रूपमा सुरु

वीरगञ्ज|पर्सामा युथ्स स्पोर्ट्स एकेडेमीको आयोजनामा हुने वीरगञ्ज सुपर लिग (बीएसएल) को चौथो संस्करण शनिबार वीरगञ्जस्थित नारायणी रङ्गशालामा विशेष समारोहका बीच सुरु भएको छ। रंगीन झाँकी, मार्चपास र सांस्कृतिक कार्यक्रमसँगै सम्पन्न उद्घाटन समारोहमा दर्शकहरूको उत्साहपूर्ण सहभागिता थियो।

content ad p2

कार्यक्रमको औपचारिक उद्घाटन वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले गरे।“बीएसएल केवल एउटा क्रिकेट लिग होइन, यो मधेसका युवाहरूको सपना र सम्भावनाको ठूलो मञ्च हो। विगतका संस्करणले राष्ट्रिय टोलीसम्म खेलाडी पुर्‍याएर यसको प्रभावकारिता प्रमाणित गरिसकेका छन्,” सिंहले भने। उनले नारायणी रङ्गशालालाई अन्तर्राष्ट्रिय स्तरको स्टेडियमका रूपमा विकास गर्न महानगर प्रतिबद्ध रहेको समेत बताए।

कार्यक्रम पर्सा क्रिकेट सङ्घका अध्यक्ष मनिष सिंहको अध्यक्षतामा सम्पन्न भएको थियो। सो अवसरमा पयाब्सन पर्साका अध्यक्ष सरोज चौधरी, सुल्भ केसीसहित विभिन्न क्षेत्रका अगुवा, संघ–संस्थाका प्रतिनिधि तथा खेल प्रेमीहरूको उल्लेख्य उपस्थिती रहेको थियो।

उद्घाटन खेलमा ड्रागन अफ साहिब दरबार र अपन कालिकामाई आमनेसामने भएका छन्। टस जित्दै ड्रागन अफ साहिब दरबारका कप्तान सन्तोष कार्कीले पहिले फील्डिङ गर्ने निर्णय गरेका छन्। खेल अघि दुवै टोलीले मार्चपास गरेका थिए भने स्थानीय कलाकारहरूले प्रस्तुत गरेको सांस्कृतिक नृत्यले वातावरणलाई झनै उत्साहपूर्ण बनाएको थियो। रङ्गशालामा दर्शकदीर्घा खचाखच भरिएको थियो।

यस वर्षको बीएसएलमा पाँच फ्रेन्चाइजी टिमहरू उपाधिका लागि प्रतिस्पर्धामा छ| सासाउथ जोन स्टार्स (कप्तान: हासिम अन्सारी), ड्रागन अफ साहिब दरबार सन्तोष कार्की मधेस एलिट्स हिमान्सु दत्त रोयल वीरगञ्ज ११ आदर्श भण्डारी, अपन कालिकामाई अर्जुन शर्मा।

स्थानीय प्रतिभा खोजी र प्रोत्साहनका दृष्टिले बीएसएल क्षेत्रीय स्तरमै प्रतिष्ठित प्रतियोगिता मानिन्छ। विगतका तीन संस्करणबाट राष्ट्रिय तथा फ्रेन्चाइजी लिगसम्म खेलाडी पुग्दै आएपछि यस वर्षको संस्करणप्रति थप उत्सुकता बढेको छ।

सम्बन्धित खबर

रास्वपा जगरनाथपुर–६ द्वारा शुभकामना आदानप्रदान तथा  जनगुनासो सुनुवाइ कार्यक्रम सम्पन्

लक्की खबर

जनताको समस्या सुन्न बहुबरी पुगे रास्वपाका सांसदहरू, कृषि, सिँचाइ, शिक्षा र स्वास्थ्यका विषयमा खुला छलफल

लक्की खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर