कलैया | बारामा धान काट्ने कम्बाइन मेसिनले ठक्कर दिएपछि एक मोटरसाइकल चालकको मृत्यु भएको छ। घटना सोमबार राति महागढीमाई नगरपालिकास्थित इनर्वा चोक नजिकको भुतही पुलमा भएको हो।

मधेस प्रदेश ०३–००१ त ८३२० नम्बरको कम्बाइन मेसिनले ठक्कर दिएपछि रौतहटको मौलापुर नगरपालिका–३ गम्हरिया निवासी करिब २२ वर्षीय रुपेश साह सोनारको घटनास्थलमै ज्यान गएको प्रहरीले पुष्टि गरेको छ।

मोटरसाइकलको पछाडिको सीटमा सवार उनका साला, बाराको कोल्हवी नगरपालिका–१ का करिब ২৬ वर्षीया सुनिल साह सोनार गम्भीर घाइते भएका छन्। उनीलाई प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौं पठाइएको छ।ठक्करपछि रुपेशले चलाएको अपाची मोटरसाइकल पूर्णरूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

घटनामा संलग्न कम्बाइन मेसिनका चालक भने दुर्घटनापछि फरार रहेका छन् र उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले बताएको छ।


