Lucky-Khabar_

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको ‘अदालतको आदेश र विश्वासको मत दुवै पक्षमै आउनेछ’दाबी

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आफूलाई नियुक्त गर्ने सम्बन्धमा सर्वोच्च अदालतमा चलिरहेको रिट निवेदन र आगामी विश्वासको मत—दुवैमा सफल हुने दाबी गरेका छन्। बिहीबार हुने सुनुवाइअघि उनले अदालतको फैसला आफ्नो पक्षमै आउने पूर्ण भरोसा व्यक्त गरे।

content ad p2

सर्वोच्चको अन्तरिम आदेशले दीर्घकालीन निर्णयहरू लिन बाधा पुगेको बताए पनि मुख्यमन्त्री यादवले बेरोजगार युवालाई भत्ता उपलब्ध गराउने, किसानका लागि मलखाद सुनिश्चित गर्ने र उखु किसानको बाँकी भुक्तानीका विषयमा संघीय सरकारसँग पहल गर्ने जस्ता काम अघि बढाएको उल्लेख गरे। अदालतले आदेश हटाइदिएपछि बेरोजगारी भत्ता लगायतका योजना छिटो कार्यान्वयनमा ल्याइने उनले बताए।

विश्वासको मतबारे बोल्दै उनले सबै दलहरूले साथ दिने आशा व्यक्त गरे। उनका अनुसार अदालतले आफूको पक्षमा निर्णय गरेसँगै विभिन्न दलका नेताहरूले विश्वासको मत प्रदान गर्ने प्रतिबद्धता जनाइसकेका छन्।

‘बेटी बचाउ, बेटी पढाउ’ कार्यक्रमअन्तर्गत थन्किएका साइकल वितरणबारे भने अख्तियारमा मुद्दा भएकाले तत्काल अघि बढ्न नसकेको उनले प्रष्ट पारे।

यस्तै, विवाह पञ्चमीमा प्रदेश सरकारले सहयोग नगरेको भन्ने जानकी मन्दिरका महन्थको आरोप अस्वीकार गर्दै मुख्यमन्त्री यादवले त्यो राजनीतिक अभिव्यक्ति मात्र भएको प्रतिक्रिया दिए। उनले अघिल्ला सरकारले जस्तै मणि मण्डप र सामूहिक विवाह कार्यक्रम व्यवस्थापनको जिम्मेवारी अहिलेको सरकारले पनि पूरा गरिरहेको स्पष्ट पारे।

सम्बन्धित खबर

परराष्ट्रमन्त्री खनाल र फ्रान्सेली राजदूतबीच शिष्टाचार भेट

लक्की खबर

वीरगञ्जमा महिलालाई तीनमहिने सिलाई कटाई तथा ब्युटिसियन तालिम

लक्की खबर

रास्वपा जगरनाथपुर–६ द्वारा शुभकामना आदानप्रदान तथा  जनगुनासो सुनुवाइ कार्यक्रम सम्पन्

लक्की खबर