Lucky-Khabar_

रास्वपाको सबै प्रदेश इञ्चार्जहरूको संगठनात्मक संरचनामा फेरबदल

काठमाडौं|  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्ष्य बनाउँदै आफ्नो संगठनात्मक संरचनामा ठूला परिवर्तन गरेको छ। पार्टी सचिवालयको बैठकले हाल प्रदेश इञ्चार्जका रूपमा काम गरिरहेका सचिवालय सदस्यहरूलाई उक्त भूमिकाबाट हटाउने निर्णय गरेको हो।

content ad p2

सहमहामन्त्री विपीन आचार्यका अनुसार चुनाव नजिकिँदै गएको कारण ती नेताहरूलाई पूर्ण रुपमा निर्वाचन–केन्द्रित गतिविधिमा जुटाउनुपर्ने आवश्यकता भएपछि जिम्मेवारी फेरबदल गरिएको हो। पार्टीले इञ्चार्जको भूमिकाबाट मुक्त गरिएका नेताहरूप्रति कृतज्ञता व्यक्त गर्दै आगामी निर्वाचनका लागि उनीहरूलाई विशेष भूमिकामा सक्रिय गराउने तयारी गरेको छ।
यस निर्णयसँगै खाली भएका प्रदेश इञ्चार्ज पदमा अब केन्द्रीय सदस्यहरूलाई नियुक्त गर्ने योजना बनाइए पनि तत्कालै नयाँ नाम घोषणा नगरिएको पार्टीले जानकारी दिएको छ।


पहिले कोशीमा सन्तोष परियार (हाल पार्टी त्यागिसकेको), मधेशमा मनीष झा, बागमतीमा लिमा अधिकारी, गण्डकीमा शिशिर खनाल, लुम्बिनीमा विपिन आचार्य, कर्णालीमा गणेश पराजुली र सुदूरपश्चिममा हरि ढकाल प्रदेश इञ्चार्जका रूपमा रहेकाहरू थिए। हालको निर्णयले रास्वपाको आगामी निर्वाचन रणनीतिमा महत्वपूर्ण मोड आउने अनुमान गरिएको छ।

सम्बन्धित खबर

सभापति अजय सर्राफको पहलमा वीरगञ्जको जग्गा वर्गीकरण फाइल भूमि प्रशासन कार्यालय, पर्सामा दर्ता

लक्की खबर

देवानगञ्ज घटनापछि लहानमा तनाव, स्थिति नियन्त्रण गर्न प्रहरीले गर्‍यो हवाई फायर

लक्की खबर

धर्मभन्दा माथि राष्ट्रिय एकता : संसदमा नेता रहबर अन्सारीको सन्देश

लक्की खबर