Lucky-Khabar_

आउदो चुनावमा पर्सा १ मा राष्टिय स्वतन्त्र पार्टी (रास्वपा) बाट हरी पन्तको प्रबल संभावना

पर्सा–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पर्सा जिल्ला सभापति हरी पन्तको उम्मेदवारीको संभावना धेरै देखिएको छ। स्वच्छ छवि र प्रभावकारी सांगठानिक क्षमताका कारण पार्टीभित्र पन्तलाई नै उम्मेदवार बनाउने संभावना उच्च रहेको रास्वपा कार्यकर्ताहरू बताउँछन्।

content ad p2

रास्वपाले पर्सा २, ३ र ४ मा भने धेरै आकांक्षी देखिएकाले सो क्षेत्रमा पार्टीले अहिलेसम्म कुनै नाम अघि सार्न नसकेको स्रोतले जनाएको छ।

उम्मेदवार छनोटबारे जानकारी लिन सभापति पन्तसँग सम्पर्क गर्दा उनले रास्वपाको चयन प्रक्रिया अन्य पार्टीभन्दा पूर्ण रूपमा फरक रहेको उल्लेख गर्दै अहिले नै निश्चित रूपमा केही भन्न नसकिने बताए। पर्सा–१ मा आफ्नो नाम चर्चामा रहेको प्रश्नमा पन्तले भने, “पार्टीको उम्मेदवार छनोट विधि सबैका लागि समान हुन्छ। पार्टीले अपनाउने विधि अनुसार जहाँबाट लड्न जिम्मेवारी आउँछ, म तयार छु।”भनि बताए|

सम्बन्धित खबर

विश्व तेली दिवसमा रसुवा बाढीपीडितका लागि १ लाख ५१ हजार सहयोग

लक्की खबर

माईस्थान युवा क्लबको आठौँ गणेश पूजा महोत्सव सांसद कानुद्वारा समुद्घघाटन ,पुजा भव्य रूपमा सुरु

लक्की खबर

रसुवा बाढीपीडितका लागि सांसद कानु मार्फत गहवामाई तीर्थ विकास क्षेत्र समितिद्वारा रु. २ लाख ११ हजार सहयोग

लक्की खबर