Lucky-Khabar_

एनपीएल क्वालिफायर–१ : सुदूरपश्चिमले विराटनगरलाई १५६ रनको चुनौती

२३ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणअन्तर्गत आयोजित पहिलो क्वालिफायर खेलमा सुदूरपश्चिम रोयल्सले विराटनगर किङ्सलाई १५६ रनको लक्ष्य दिएको छ|

content ad p2

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १५५ रन जोड्न सफल भयो। टोलीका विनोद भण्डारीले उत्कृष्ट ब्याटिङ प्रदर्शन गर्दै ६३ रनको शानदार इनिङ खेले। त्यस्तै, आरिफ शेख र शेल्डन ज्याक्सनले समान २०–२० रनको योगदान दिए।बलिङतर्फ विराटनगरका प्रतिस जिसी र मर्चेन्ट डे लाङ्गेले समान २–२ विकेट लिन सफल रहे।

दीपेन्द्रसिंह ऐरीको नेतृत्वमा सुदूरपश्चिम लिग चरणको शीर्ष स्थानमा रहँदै प्लेअफमा प्रवेश गरेको हो। सन्दीप लामिछाने कप्तान रहेको विराटनगर किङ्स भने दोस्रो स्थानमा रहँदै क्वालिफायर–१ मा पुगेको थियो।आजको खेलको विजेता सीधा फाइनलमा प्रवेश गर्नेछ। हार्ने टोलीले दोस्रो क्वालिफायरमार्फत फाइनलमा पुग्ने अर्को अवसर पाउनेछ, जहाँ उसले इलिमिनेटरको विजेतासँग प्रतिस्पर्धा गर्नुपर्नेछ।
इलिमिनेटर खेल भोलि दिउँसो ४ बजे काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्सबीच हुनेछ।

करण केसीको कप्तानीमा रहेको काठमाडौँ तेस्रो र रोहित पौडेल नेतृत्वको लुम्बिनी चौथो स्थानमा रहँदै प्लेअफमा प्रवेश गरेका हुन्।
दोस्रो क्वालिफायर पर्सि दिउँसो ४ बजे हुनेछ भने एनपीएल दोस्रो संस्करणको फाइनल आगामी शनिबार दिउँसो ३:३० बजे खेलिनेछ।

सम्बन्धित खबर

भारतीय राजदूत नवीन श्रीवास्तवलाई वीरगञ्जमा बिदाइ

लक्की खबर

बाढीपीडितका लागि शंकर ग्रुपको ४ करोड सहयोग, २ हजार ५ सय टार्पोलिन टेन्ट वितरण

लक्की खबर

पर्सागढी–४ मा कंस वध मेला–२०८३ सुरु:प्रमुख अथिति सांसद साहद्वारा उद्घाटन

लक्की खबर