Lucky-Khabar_

जेनजी रसरकारप्रतिनिधिबीच सम्झौतामा हस्ताक्षर

काठमाडौं । सरकार र जेनजी आन्दोलनका प्रतिनिधिबीच आज (बुधबार) साँझ ६ बजे औपचारिक सम्झौतापत्रमा हस्ताक्षर हुने भएको छ। हस्ताक्षर कार्यक्रम प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयस्थित सगरमाथा हलमा आयोजना गरिने छ।

content ad p2

प्रधानमन्त्री सुशीला कार्कीकी प्रेस सल्लाहकार राम रावलका अनुसार सम्झौता कार्यक्रममा जेनजी आन्दोलनका प्रतिनिधिहरूका साथै आन्दोलनका क्रममा घाइते भएका व्यक्ति तथा मृतकका परिवारजन पनि सहभागी हुनेछन्।

अन्तरिम सरकार गठन भएको तीन महिना पुगेपछि पहिलोपटक सरकारले जेनजी आन्दोलनलाई लिखित रूपमा औपचारिक मान्यता दिन लागिएको हो। आन्दोलनले उठाएका माग समेटेर तयार गरिएको बुँदागत सहमति आजै हस्ताक्षर गरिने बताइएको छ।

जेनजी आन्दोलनका प्रतिनिधिहरूले आफ्नो आन्दोलनलाई सरकारी स्तरमा आधिकारिक दस्तावेजका रूपमा मान्यता दिनुपर्ने माग गर्दै आएका थिए। दुवै पक्षबीच लामो समयदेखि जारी संवादपछि आज अन्ततः सहमतिमा पुग्न लागिएको हो।

उच्च सरकारी स्रोतका अनुसार सम्झौतामा जेनजी पक्षले अघि सारेका प्रमुख मागहरू समावेश गरिएका छन्।

सम्बन्धित खबर

सभापति अजय सर्राफको पहलमा वीरगञ्जको जग्गा वर्गीकरण फाइल भूमि प्रशासन कार्यालय, पर्सामा दर्ता

लक्की खबर

देवानगञ्ज घटनापछि लहानमा तनाव, स्थिति नियन्त्रण गर्न प्रहरीले गर्‍यो हवाई फायर

लक्की खबर

धर्मभन्दा माथि राष्ट्रिय एकता : संसदमा नेता रहबर अन्सारीको सन्देश

लक्की खबर