Lucky-Khabar_

चर्चित ज्योति मगर एमाले महाधिवेशनस्थल पुगेर कसलाई माग्दैछिन् मत!

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत केन्द्रीय नेतृत्व चयनका लागि आज अपराह्नबाट मतदान सुरु हुँदैछ। मतदानअघि काठमाडौंको भृकुटीमण्डपस्थित मतदानस्थलमा पार्टीका नेता, कार्यकर्ता र प्रतिनिधिहरू आ–आफ्ना उम्मेदवारको पक्षमा भोट माग्न सक्रिय देखिएका छन्।

content ad p2

निर्वाचनस्थलमा राजनीतिक गतिविधिसँगै रोचक दृश्यहरू पनि देखिन थालेका छन्। यसै क्रममा चर्चित लोकगायिका ज्योति मगर भृकुटीमण्डप पुगेर केन्द्रीय सदस्यका उम्मेदवार पूर्णबहादुर गुरुङ र किरण गुरुङलगायतको समर्थनमा भोट मागिरहेको देखिइन्। उनले उम्मेदवार पूर्णबहादुर गुरुङको तस्वीर अंकित पोस्टर बोकेर प्रतिनिधिहरूसमक्ष जिताउन अपिल गरिन्।

गायिका मगरसँगै अन्य कलाकारहरू पनि आफ्ना मनपर्ने उम्मेदवारहरूको पक्षमा सक्रिय रूपमा भोट मागिरहेका छन्। यस अवसरमा उनले असल व्यक्तिको समर्थन गर्न पार्टीको सदस्य हुनु अनिवार्य नहुने धारणा व्यक्त गरिन्।

उनले भनिन्, “राम्रो व्यक्तिको समर्थन गर्न पार्टी सदस्य नै हुनुपर्छ भन्ने छैन। एमाले, कांग्रेस, माओवादी वा नयाँ पार्टी—जहाँबाट भए पनि असल मान्छे आउँछ भने उसलाई समर्थन गर्नुपर्छ।”

कलाकारको भूमिकाबारे बोल्दै उनले थपिन्, “कलाकारले आफ्नो क्षेत्रको काम गर्नुपर्छ, राजनीतिज्ञले राजनीति र डाक्टरले अस्पतालमा काम गर्नुपर्छ। तर असल व्यक्तिलाई समर्थन गर्ने अधिकार सबैलाई हुनुपर्छ। राम्रो मान्छेलाई जिताऔँ।”

महाधिवेशनअन्तर्गत सुरु हुन लागेको मतदानलाई लिएर भृकुटीमण्डप क्षेत्रमा उत्साहपूर्ण माहोल देखिएको छ। एमालेको ११औँ महाधिवेशनबाट चुनिने नयाँ नेतृत्वका लागि दुई प्यानलबाट उम्मेदवारी दर्ता गरिएको छ। अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेल उम्मेदवार छन्, जसले आ–आफ्नो प्यानल बनाएर निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका छन्।

सम्बन्धित खबर

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमको राष्ट्रिय समीक्षा सम्पन्न

लक्की खबर

पर्सा ट्राफिक प्रहरीको‘२ पाङ्ग्रे सवारी चालकसँग २ मिनेट’ अभियान, चालकलाई ट्राफिक नियमबारे सचेतना कार्यक्रम

लक्की खबर

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई राहदानी कसुर मुद्दामा पक्राउ

लक्की खबर