Lucky-Khabar_

पर्साको पकाहा मैनापुर गाउँपालिकामा निशुल्क परिवार नियोजन बन्ध्याकरण शिविर तथा कम्बल वितरण कार्यक्रम सम्पन्न

राम आर्य
बिरगंज|पर्साको पकाहा मैनापुर गाउँपालिकामानिशुल्क परिवार नियोजन बन्ध्याकरण शिविर सम्पन्न गरेको छ। पर्सा जिल्लाको पकाहा स्वास्थ्य चौकीमा आयोजित उक्त शिविरमा ७२ जना महिलाले स्थायी परिवार नियोजन सेवा लिएका छन्।

content ad p2

स्वास्थ्य कार्यालय पर्साको आयोजनामा तथा सुनौलो परिवारको सहयोगमा सम्पन्न शिविरमा परिवार नियोजन निशुल्क बन्ध्याकरण (मिनिल्याप) अपरेशन गरिएको हो। शिविरमा बिद्याबासिनी गाउँपालिकाबाट १४ जना, कालिका गाउँपालिकाबाट १० जना तथा पकाहा मैनापुर गाउँपालिकाबाट ४८ जना महिलाले मिनिल्याप अपरेशनमार्फत स्थायी परिवार नियोजन सेवा लिएको पकाहा मैनापुर गाउपलिकाका सुचना अधिकारिले जानकारी गराएको छ।

स्वास्थ्यकर्मीको टोलीद्वारा सुरक्षित रूपमा अपरेशन सम्पन्न गरिएको उक्त शिविरले मातृ स्वास्थ्य संरक्षण, जनसंख्या व्यवस्थापन तथा महिलाको स्वास्थ्यमा सकारात्मक योगदान पुर्‍याउने विश्वास लिइएको छ।

यसैबीच, पकाहा मैनापुर गाउँपालिकाले शिविरमा अपरेशन गराएका महिलाहरूलाई जाडो मौसमलाई ध्यानमा राख्दै प्रत्येक जनालाई ओढ्ने ब्ल्याङ्केट (कम्बल) वितरण गरेको छ।

सम्बन्धित खबर

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमको राष्ट्रिय समीक्षा सम्पन्न

लक्की खबर

पर्सा ट्राफिक प्रहरीको‘२ पाङ्ग्रे सवारी चालकसँग २ मिनेट’ अभियान, चालकलाई ट्राफिक नियमबारे सचेतना कार्यक्रम

लक्की खबर

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई राहदानी कसुर मुद्दामा पक्राउ

लक्की खबर