Lucky-Khabar_

काठमाडौंको ठमेलस्थित अलफ्ट होटल क्यासिनो इभेन्टमा ठगी धन्दा

काठमाडौं| काठमाडौंमा क्यासिनो इभेन्टको बहानामा करोडौँ रुपैयाँ ठगी गरेको आरोपमा ६ जना भारतीय नागरिक पक्राउ परेका छन् भने ३ जना नेपाली र ४ जना भारतीय फरार छन्। ठमेलस्थित छाया सेन्टरभित्रको अलफ्ट होटलमा ‘वाल्डो डाइनेष्टी इन्टरटेनमेन्ट’ नाममा चार दिने क्यासिनो इभेन्ट सञ्चालन गर्दै भारतीय खेलाडीलाई नै सुनियोजित रूपमा ठगी गरिएको प्रहरीले जनाएको छ।

content ad p2

डिसेम्बर ११ देखि सुरु भएको इभेन्टमा डमी खेलाडी प्रयोग गरी म्याग्नेट जडान गरिएको तास र आँखामा लगाइने विशेष लेन्सको सहायताले जुवा जित्ने व्यवस्था गरिएको खुलेको छ। इभेन्ट सुरु भएको केही घण्टामै करिब १ करोड ७० लाख रुपैयाँ बराबरको हारजित भएको प्रहरीको अनुमान छ।

महाकाय ग्रुपका सुरेश महाजनको नेतृत्वमा सञ्चालन भएको उक्त ठगी धन्दामा करिब २०० भारतीय खेलाडी नेपाल ल्याइएको थियो। नेपाली कम्पनी विपी ग्रुपले व्यवस्थापनमा सघाएको र सोका मुख्य व्यक्ति जर्नादन उप्रेती फरार रहेको प्रहरीले जनाएको छ। पक्राउ परेकामाथि ठगी, आपराधिक विश्वासघात र आपराधिक लाभसम्बन्धी कसुरमा अनुसन्धान जारी छ।

सम्बन्धित खबर

रास्वपा जगरनाथपुर–६ द्वारा शुभकामना आदानप्रदान तथा  जनगुनासो सुनुवाइ कार्यक्रम सम्पन्

लक्की खबर

जनताको समस्या सुन्न बहुबरी पुगे रास्वपाका सांसदहरू, कृषि, सिँचाइ, शिक्षा र स्वास्थ्यका विषयमा खुला छलफल

लक्की खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर