Lucky-Khabar_

काठमाडौंको ठमेलस्थित अलफ्ट होटल क्यासिनो इभेन्टमा ठगी धन्दा

काठमाडौं| काठमाडौंमा क्यासिनो इभेन्टको बहानामा करोडौँ रुपैयाँ ठगी गरेको आरोपमा ६ जना भारतीय नागरिक पक्राउ परेका छन् भने ३ जना नेपाली र ४ जना भारतीय फरार छन्। ठमेलस्थित छाया सेन्टरभित्रको अलफ्ट होटलमा ‘वाल्डो डाइनेष्टी इन्टरटेनमेन्ट’ नाममा चार दिने क्यासिनो इभेन्ट सञ्चालन गर्दै भारतीय खेलाडीलाई नै सुनियोजित रूपमा ठगी गरिएको प्रहरीले जनाएको छ।

content ad p2

डिसेम्बर ११ देखि सुरु भएको इभेन्टमा डमी खेलाडी प्रयोग गरी म्याग्नेट जडान गरिएको तास र आँखामा लगाइने विशेष लेन्सको सहायताले जुवा जित्ने व्यवस्था गरिएको खुलेको छ। इभेन्ट सुरु भएको केही घण्टामै करिब १ करोड ७० लाख रुपैयाँ बराबरको हारजित भएको प्रहरीको अनुमान छ।

महाकाय ग्रुपका सुरेश महाजनको नेतृत्वमा सञ्चालन भएको उक्त ठगी धन्दामा करिब २०० भारतीय खेलाडी नेपाल ल्याइएको थियो। नेपाली कम्पनी विपी ग्रुपले व्यवस्थापनमा सघाएको र सोका मुख्य व्यक्ति जर्नादन उप्रेती फरार रहेको प्रहरीले जनाएको छ। पक्राउ परेकामाथि ठगी, आपराधिक विश्वासघात र आपराधिक लाभसम्बन्धी कसुरमा अनुसन्धान जारी छ।

सम्बन्धित खबर

भारतीय एसएसबीले भत्कायो नेपाली भूमि सुस्तामा छिरेर निर्माणाधीन बाँध

लक्की खबर

रक्सौल आइपुग्यो युरिया मलको पहिलो खेप, आजै वीरगञ्ज भित्र्याइने तयारी

लक्की खबर

NRN युवती दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, इतिहासमा पहिलो गैरआवासीय नेपाली विजेता

लक्की खबर