राम आर्य
बिरगंज| शिक्षाविद् तथा शालीन राजनीतिक छविका धनी डा. नन्दन यादव राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट मधेशी क्लस्टर अन्तर्गत समानुपातिक उम्मेदवार बन्ने चर्चाले मधेसभर सकारात्मक तरङ्ग सिर्जना भएको छ।

रास्वपाका केन्द्रीय सदस्य तथा वाचा–पत्र तयारी समितिका सदस्यसमेत रहनुभएका डा. यादवले मधेश प्रदेशमा पार्टी संगठन विस्तार र सुदृढीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएको छ। शिक्षा क्षेत्रमा पनि उहाँको योगदान उल्लेखनीय रहँदै आएको छ।

शिक्षा क्षेत्रमा पुर्याएको योगदानको कदरस्वरूप उहाँ राष्ट्रिय शिक्षा पदक–२०६८ तथा अन्तर्राष्ट्रिय ‘एजुकेटेड अवार्ड–२०२३’ बाट सम्मानित हुनुभएको छ।

यसअघि डा. यादव नेपाल समाजवादी पार्टी (लोहियावादी) का राष्ट्रिय अध्यक्ष रहनुभएको थियो। उहाँले विगतका विभिन्न ऐतिहासिक जनआन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्दै संघीय मधेशी मोर्चामार्फत राजनीतिक योगदान दिनुभएको थियो। साथै, उहाँ मदरल्याण्ड माध्यमिक विद्यालयका संस्थापक पनि हुनुहुन्छ।
डा. नन्दन यादवको सादा जीवनशैली, शैक्षिक योगदान र दीर्घ राजनीतिक अनुभवले मधेसमा नयाँ आशा र सकारात्मक सन्देश प्रवाह गरेको राजनीतिक विश्लेषकहरूको भनाइ छ।


