रौतहट| राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रभाव नेपालभर विस्तार हुँदै जाँदा मधेश प्रदेशको रौतहट जिल्लामा पनि पार्टी प्रवेशको क्रम तीव्र बनेको छ।

यसै क्रममा रौतहट जिल्ला क्षेत्र नं. १ (क) प्रदेशसभा क्षेत्रबाट स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचन लडेर उल्लेखनीय मत प्राप्त गर्न सफल विक्रमा यादव राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गर्नुभएको छ।रौतहटको उक्त क्षेत्र पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालको निर्वाचन क्षेत्र समेत रहेको छ। यस्तो राजनीतिक रूपमा संवेदनशील क्षेत्रमा स्वतन्त्र उम्मेदवारका रूपमा उल्लेखनीय मत ल्याउन सफल यादवको रास्वपा प्रवेशलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

रास्वपाका अनुसार विक्रम यादवले देखाउनुभएको स्वतन्त्र राजनीतिक साहस, जनआधारित समर्थन र स्पष्ट दृष्टिकोणले पार्टीको अभियानलाई अझ सशक्त र प्रभावकारी बनाउने विश्वास लिइएको छ।सुशासन, जवाफदेहिता र सार्थक परिवर्तनको यात्रामा अब एकसाथ अघि बढ्ने अपेक्षा पार्टीले व्यक्त गरेको छ।रास्वपा रौतहट जिल्ला अध्यक्ष प्रदीप साहले यादवको पार्टी प्रवेशले रौतहट क्षेत्र नं. १ मा राजनीतिक परिवर्तनको लहर आउने निश्चित रहेको बताउँदै यादवको राजनीतिक यात्राको सफलताको कामना गर्नुभएको छ।
उक्त जानकारी रास्वपा जिल्ला अध्यक्ष साहमार्फत लक्की खबर लाई प्राप्त भएको हो।


