Lucky-Khabar_

मधेस प्रदेश सांसद रहबर अन्सारीले छाडे माओवादी केन्द्र

वीरगन्ज। नेकपा (माओवादी केन्द्र)का नेता तथा मधेस प्रदेशसभा सदस्य रहबर अन्सारीले पार्टी परित्याग गरेका छन्। उनले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सम्बोधन गर्दै लिखित राजीनामा पत्र बुझाएका हुन्।

content ad p2

राजीनामा पत्रमा अन्सारीले माओवादी केन्द्र आफ्नो मूल वैचारिक आधारबाट क्रमशः विचलित हुँदै गएको गम्भीर आरोप लगाएका छन्। साहस, इमानदारी र जोखिम लिन सक्ने क्षमता पार्टीले गुमाइसकेको उल्लेख गर्दै उनले यस्तो विरोधाभासपूर्ण अवस्थाको हिस्सा बन्न नसक्ने स्पष्ट पारेका छन्।

पत्रमा उनले लेखेका छन्,
“यो गीत अब तपाईंको स्मृतिमा मात्र बाँकी छ। साहस, इमान र जोखिम—यी तीनै कुरा पार्टीले त्यागिसकेको छ। म यो विरोधाभासको हिस्सा बन्न सक्दिनँ भन्ने बोधका साथ समाजवादी क्रान्ति जिन्दावाद भन्दै पार्टी सदस्यताबाट बिदा लिन्छु।”

अन्सारीले अध्यक्ष प्रचण्डले हालै एकता सन्देशसभामा गाएको ‘इन्कलाब’ गीतका हरफ उद्धृत गर्दै क्रान्तिका आदर्श व्यवहारमा उतारिन नसकेको टिप्पणी गरेका छन्। दस वर्षे जनयुद्धका क्रममा बलिदान दिएका शहीद, बेपत्ता र पीडित जनताका सपना सत्ता, पद र सुविधामुखी राजनीतिमा सीमित भएको आरोप पनि उनले लगाएका छन्।

शहीदहरूको नाम भाषणमा मात्र उच्चारण हुने तर उनीहरूको आदर्श व्यवहारमा नउत्रिएको भन्दै अन्सारीले पार्टी नेतृत्वमाथि नैतिक प्रश्न उठाएका छन्।

पर्सा निर्वाचन क्षेत्र नं. १ (क) बाट निर्वाचित प्रदेशसभा सदस्य अन्सारीको राजीनामालाई माओवादी केन्द्रभित्र बढ्दो असन्तुष्टि र वैचारिक संकटको संकेतका रूपमा हेरिएको छ। उनको पार्टी परित्यागले मधेस प्रदेशको राजनीतिमा नयाँ बहस र तरंग सिर्जना गरेको विश्लेषण गरिएको छ।

सम्बन्धित खबर

रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा ठूला ढुंगा, ८ कामदारको खोजी जारी

लक्की खबर

हरितालिका तीजमा पशुपतिनाथका चारै ढोका बिहान ३ बजेदेखि खुला हुने

लक्की खबर

भारतीय राजदूत नवीन श्रीवास्तवलाई वीरगञ्जमा बिदाइ

लक्की खबर