Lucky-Khabar_

‘अबकी बार, बालेन सरकार’को नारा देशभर गुन्जिएको छ :पर्सा–१ का रास्वपा उम्मेदवार हरि पन्त

वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर–१ अन्तर्गत पर्ने वीरगञ्ज महानगरपालिका वडा नम्बर–१५ लगायत विभिन्न वडामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कार्यकर्ता भेटघाट तथा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ।

content ad p2

शनिबार आयोजित कार्यक्रममा रास्वपाका उम्मेदवार हरि पन्तले स्थानीय कार्यकर्ता, समर्थक तथा सर्वसाधारणसँग प्रत्यक्ष भेटघाट गर्दै पार्टीको नीति, उद्देश्य र आगामी निर्वाचनप्रतिको विश्वास व्यक्त गरे।

कार्यकर्तालाई सम्बोधन गर्दै पन्तले रास्वपा देशको वैकल्पिक राजनीतिक शक्तिका रूपमा स्थापित भइसकेको दाबी गरे। फागुन २१ गते हुने निर्वाचनमा पार्टीले बहुमत हासिल गर्ने विश्वास व्यक्त गर्दै उनले देश परिवर्तनको निर्णायक मोडमा पुगेको बताए।

उनले नेपालको इतिहासमै पहिलो पटक मधेसी समुदायबाट बालेन शाह प्रधानमन्त्री बन्ने दिशामा देश अघि बढिरहेको उल्लेख गरे। “अबकी बार, बालेन सरकार” भन्ने नारा मधेस मात्र होइन, सिंगो देशभर गुन्जिरहेको उनको भनाइ थियो।देशमा परिवर्तन अपरिहार्य भइसकेको उल्लेख गर्दै पन्तले त्यस परिवर्तनको नेतृत्व रास्वपाले गर्ने दाबी गरे। आफू पनि युवा भएकाले युवामाथि भरोसा गर्न उनले मतदातालाई आग्रहसमेत गरे।

त्यस्तै मनतब्यको क्रममा रास्वपा क्षेत्रीय सभापति पर्सा एकको राम आर्यले देशलाई जोगाउने र बिकासको कार्य रास्वपा मात्र हो भने अबको “अबकी बार, बालेन सरकार” हामि नेपालीले बनाउन एकदम जरुरि छ भनि बताए | घरदैलो तथा भेटघाट कार्यक्रममा रास्वपाका नेताहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा स्थानीय कार्यकर्ता, समर्थक तथा सर्वसाधारणको सक्रिय उपस्थिति देखिएको थियो।

सम्बन्धित खबर

पर्सामा शान्ति–सुरक्षाबारे सर्वदलीय बैठक, सद्भाव कायम राख्न आग्रह

लक्की खबर

प्रदर्शनका क्रममाज्यान गुमाएका गणेश यादवका परिवारलाई औरही गाउँपालिकाद्वारा १० लाख रुपैयाँ राहत

लक्की खबर

देवानगञ्ज घटनामा मृतकका परिवार र सरकारबीच ७ बुँदे सहमति

लक्की खबर