Lucky-Khabar_

राष्ट्रिय स्वतन्त्र पार्टी पर्साद्वारा क्षेत्र नं. १ का सक्रिय सदस्यसँग अन्तरक्रिया

बिरगंज|राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साले क्षेत्र नं. १ का सक्रिय सदस्यहरूसँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा पर्सा जिल्लाका चारै निर्वाचन क्षेत्रबाट रास्वपाका उम्मेदवारहरूलाई विजयी गराउन पार्टीका कार्यकर्ता तथा सदस्यहरूको भूमिका के कस्तो हुनुपर्छ भन्ने विषयमा गहन छलफल र अन्तरक्रिया गरिएको थियो।

content ad p2

छलफलका क्रममा समाजका विभिन्न तह र तप्काबाट आएका सहभागीहरूले आ–आफ्ना दृष्टिकोण तथा सुझावहरू प्रस्तुत गरेका थिए। कार्यक्रममा उठेका विषयहरूलाई सम्बोधन गर्दै रास्वपा पर्सा सभापति एवं क्षेत्र नं. १ का उम्मेदवार हरि पन्तले प्राप्त जायज सुझावहरूलाई पार्टीले सहर्ष ग्रहण गर्ने बताएका थिए।

सभापति पन्तले फाल्गुन २१ गते नेपाली जनताले वर्षौंदेखि जरा गाडेर बसेको भ्रष्टाचार, कुशासन, अनियमितता, नातावाद र कृपावादविरुद्धको विद्रोहलाई मतपत्रमार्फत जवाफ दिने विश्वास व्यक्त गरे। कार्यक्रममा पार्टी सदस्यहरूको उल्लेख्य उपस्थितिले आफू र पार्टीलाई थप हिम्मत मिलेको उल्लेख गर्दै उनले पर्साका चारै क्षेत्रमा रास्वपाको जित सुनिश्चित हुने दाबीसमेत गरे।

सयौँ रास्वपा शुभेच्छुकहरूको सहभागिता रहेको उक्त कार्यक्रममा जिल्ला सचिव सुदिश प्रजापति, क्षेत्रीय सभापति राम आर्या, फैयाद मिया लगायत नेताहरूको उपस्थिति रहेको थियो। सहसचिव कृष्ण पास्वानले सञ्चालन गरेको कार्यक्रम महानगर सभापति अमन आलमको सभापतित्वमा सम्पन्न भएको थियो।

सम्बन्धित खबर

वीरगञ्ज आउँदै तरकारी लिएको ट्रक भीमफेदीमा दुर्घटना, एक जनाको मृत्यु

लक्की खबर

पर्सामा २०७ केजी गाँजासहित टाटा योद्धा पिकअप र चालक पक्राउ

लक्की खबर

उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई पकहाँ मैनपुर गाउँपालिकाद्वारा ल्यापटप वितरण

लक्की खबर