Lucky-Khabar_

जेन्जी युवाको हत्या गर्ने दललाई ब्यालेटबाट कारबाही गर्न उम्मेदवार सरार्फको अपिल

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नम्बर–१ अन्तर्गत जनमत पार्टीका उम्मेदवार ओमप्रकाश सरार्फले वीरगन्ज महानगरपालिका वडा नम्बर–१८ भवानीपुर र इनर्वा तथा वडा नम्बर–२२ जगरनाथपुरमा भेटघाट, संवाद र घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्।

content ad p2

कार्यक्रमका क्रममा उम्मेदवार सरार्फले मधेस आन्दोलन र जेन्जी आन्दोलनका बेला निर्दोष युवाहरूको हत्या गर्ने नेपाली कांग्रेस, नेकपा एमाले लगायतका ठूला दल तथा तिनका उम्मेदवारलाई मतपत्र (ब्यालेट) को माध्यमबाट कारबाही गर्नुपर्ने समय आएको बताएका छन्। उनले जनताको अदालतमार्फत ती दलहरूलाई बहिष्कार गर्दै खबरदारी गर्नुपर्नेमा जोड दिए।

सरार्फले देश र मधेसको राजनीतिक निकासका लागि स्पष्ट र प्रभावकारी भिजन जनमत पार्टी र पार्टी अध्यक्ष डा. सीके राउतसँग मात्र रहेको दाबी गरे। उनले परिवर्तनका लागि हर्न छापमा मतदान गर्न मतदातासँग आग्रहसमेत गरे।

घरदैलो तथा संवाद कार्यक्रममा जनमत पार्टीका नेताहरू रम्भा मिश्रा, भुपेन्द्र साह, डा. मनोज कुमार, सीए देवराज, महादेव शर्मा, निराजन कुशवाहा, सहनवाज राकी, अजित सिंह, मन्जय शर्मा, सुमित सिंह, नागेन्द्र सिंह, अञ्जना गुप्ता, नजमा खातुन र अनिता रौनियार लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा स्थानीयवासीहरूले मधेसका मुद्दा, सुशासन र युवाको भविष्यका विषयमा चासो व्यक्त गर्दै उम्मेदवार सरार्फसँग प्रत्यक्ष संवाद गरेका थिए।

सम्बन्धित खबर

वीरगञ्ज आउँदै तरकारी लिएको ट्रक भीमफेदीमा दुर्घटना, एक जनाको मृत्यु

लक्की खबर

पर्सामा २०७ केजी गाँजासहित टाटा योद्धा पिकअप र चालक पक्राउ

लक्की खबर

उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई पकहाँ मैनपुर गाउँपालिकाद्वारा ल्यापटप वितरण

लक्की खबर