Lucky-Khabar_

महिला शक्ति संगठित हुँदै, नयाँ राजनीतिक संस्कारको निर्माण : रास्वपा बारा–४ का नेता अन्सारी

बारा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बारा निर्वाचन क्षेत्र नम्बर–४ का नेता रहबर अन्सारीले महिलाको संगठित शक्ति नै देशमा नयाँ राजनीतिक संस्कार निर्माणको आधार हुने बताएका छन्।

content ad p2

बारा जिल्लामा आयोजित महिला केन्द्रित अन्तरक्रिया तथा संगठन विस्तार कार्यक्रममा बोल्दै नेता अन्सारीले लामो समयदेखि राजनीति केही सीमित व्यक्ति र समूहको नियन्त्रणमा रहँदै आएको उल्लेख गरे। उनले अब महिलाहरू सचेत, संगठित र निर्णायक भूमिकामा आउनुपर्ने समय आएको बताए।

“महिलाको सक्रिय सहभागिता बिना न त सुशासन सम्भव छ, न त वास्तविक परिवर्तन,” अन्सारीले भने, “रास्वपा पुरानो राजनीतिक प्रवृत्तिभन्दा फरक, पारदर्शी र उत्तरदायी राजनीतिक संस्कारको स्थापना गर्न प्रतिबद्ध छ, जसको अगुवाइ महिलाले गर्न सक्छन्।”

कार्यक्रममा सहभागी महिलाहरूले शिक्षा, रोजगारी, स्वास्थ्य र समान प्रतिनिधित्वका विषयमा आफ्नो धारणा राख्दै राजनीतिक निर्णय प्रक्रियामा महिलाको सहभागिता बढाउनुपर्नेमा जोड दिएका थिए।

रास्वपाले आगामी दिनमा बारा–४ अन्तर्गत महिला संगठनलाई अझ मजबुत बनाउँदै राजनीतिक चेतना अभिवृद्धि गर्ने कार्यक्रमहरू सञ्चालन गर्ने नेता अन्सारीले जानकारी दिए।

सम्बन्धित खबर

वीरगञ्ज आउँदै तरकारी लिएको ट्रक भीमफेदीमा दुर्घटना, एक जनाको मृत्यु

लक्की खबर

पर्सामा २०७ केजी गाँजासहित टाटा योद्धा पिकअप र चालक पक्राउ

लक्की खबर

उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई पकहाँ मैनपुर गाउँपालिकाद्वारा ल्यापटप वितरण

लक्की खबर