Lucky-Khabar_

वीरगन्जमा १६ अपांगता भएका बालबालिकालाई महानगर प्रमुख राजेशमान सिंहद्वारा शैक्षिक सहयोग

पर्सा | वीरगन्ज महानगरपालिकाभित्रका विभिन्न सामुदायिक विद्यालयमा अध्ययनरत १६ जना अपांगता भएका बालबालिकालाई शैक्षिक सहयोग प्रदान गरिएको छ। ‘सशक्त महिला, समृद्ध नेपाल’ कार्यक्रमअन्तर्गत लाइफ नेपाल संस्थाले महानगरपालिकासँग सहकार्य गर्दै उक्त सहयोग उपलब्ध गराएको हो।

content ad p2

बुधबार वीरगन्जमा आयोजित कार्यक्रममा महानगर प्रमुख राजेशमान सिंहले बालबालिकालाई नगद सहायता हस्तान्तरण गर्नुभयो। सो अवसरमा बोल्दै उहाँले अपांगता भएका बालबालिकाको शिक्षाको सुनिश्चितता राज्य र समाज दुवैको साझा जिम्मेवारी भएको उल्लेख गर्नुभयो। आर्थिक अभावका कारण कुनै पनि बालबालिका शिक्षाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले महानगरपालिकाले समय–समयमा समावेशी तथा सहयोगात्मक कार्यक्रम सञ्चालन गर्दै आएको उहाँको भनाइ थियो।

“अपांगता भएका बालबालिकालाई समान अवसर, सम्मान र गुणस्तरीय शिक्षा प्रदान गर्नु हाम्रो दायित्व हो। आर्थिक समस्याका कारण उनीहरूको भविष्य अवरुद्ध हुन दिनु हुँदैन,” मेयर सिंहले भन्नुभयो।

उहाँले लाइफ नेपालसँगको सहकार्यले अपांगता भएका बालबालिकाको शिक्षामा थप टेवा पुग्ने र समावेशी शिक्षाको प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। लाइफ नेपालले सामाजिक उत्तरदायित्वअन्तर्गत यस्ता सहयोग कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

सम्बन्धित खबर

हमासको हतियार बिसाउने सहमतिलाई पाकिस्तानको स्वागत

लक्की खबर

भारतीय अभिनेता विक्रान्त मास्से काठमाडौंमा

लक्की खबर

पर्सामा हिन्दूवादी सङ्गठनहरूले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिए

लक्की खबर