Lucky-Khabar_

रास्वपाको पार्टी प्रवेश कार्यक्रम पर्सा–४ को धोबिनी गाउँपालिकामा सम्पन्न

बिरगंज | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर ४ अन्तर्गत धोबिनी गाउँपालिकामा पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा विभिन्न दल परित्याग गरी आएका स्थानीय नेता तथा कार्यकर्ताहरू रास्वपामा प्रवेश गरेका छन्।

content ad p2

कार्यक्रममा रास्वपा क्षेत्र नम्बर ४ का उम्मेदवार टेक बहादुर शाक्यको विशेष उपस्थिति रहेको थियो। त्यसैगरी रास्वपा जिल्ला उपाध्यक्ष तुलसा अधिकारी, क्षेत्रीय सभापति जितेन्द्र मिश्र तथा कृपा महर्जन लगायतका नेताहरूको सहभागिता रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार शाक्यले देशमा सुशासन, पारदर्शिता र समृद्धिको लागि रास्वपा प्रतिवद्ध रहेको बताउनुभयो। उहाँले पर्सा–४ का जनताको अपेक्षा अनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

जिल्ला उपाध्यक्ष अधिकारीले पार्टीको संगठन विस्तार र जनविश्वास मजबुत बनाउन यस्ता कार्यक्रम प्रभावकारी हुने बताउनुभयो। क्षेत्रीय सभापति मिश्रले नयाँ सदस्यहरूको आगमनले पार्टी थप सशक्त बनेको उल्लेख गर्नुभयो।

कार्यक्रममा सहभागी नवप्रवेशीहरूले रास्वपाको नीति, सिद्धान्त र नेतृत्वप्रति विश्वास व्यक्त गर्दै सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका थिए।रास्वपाले आगामी दिनमा पनि जिल्लाका विभिन्न स्थानमा संगठन विस्तार तथा जनभेटघाट कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

सम्बन्धित खबर

भारतीय एसएसबीले भत्कायो नेपाली भूमि सुस्तामा छिरेर निर्माणाधीन बाँध

लक्की खबर

रक्सौल आइपुग्यो युरिया मलको पहिलो खेप, आजै वीरगञ्ज भित्र्याइने तयारी

लक्की खबर

NRN युवती दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, इतिहासमा पहिलो गैरआवासीय नेपाली विजेता

लक्की खबर