Lucky-Khabar_

बहोदरमाई नगरपालिकामा जसपाको पार्टी प्रवेश तथा घरदैलो सम्मान कार्यक्रम सम्पन्न

वीरगंज |जनता समाजवादी पार्टी (जसपा) नेपाल, पर्सा क्षेत्र नम्बर २ अन्तर्गत बहोदरमाई नगरपालिकामा पार्टी प्रवेश तथा घरदैलो सम्मान कार्यक्रम सम्पन्न भएको छ।

content ad p2

कार्यक्रममा जसपा पर्सा क्षेत्र नम्बर २ का उम्मेदवार अशोक टेमानी तथा पार्टीकी केन्द्रीय सदस्य करिमा बेगमको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा विभिन्न दल परित्याग गरी स्थानीय नेता–कार्यकर्ताहरू जसपामा प्रवेश गरेका थिए। नवप्रवेशीहरूलाई टीका तथा खादा लगाई स्वागत गरिएको थियो।

सो अवसरमा उम्मेदवार टेमानीले जनताको हक, अधिकार र समृद्धिका लागि जसपा प्रतिबद्ध रहेको उल्लेख गर्दै आगामी दिनमा क्षेत्रको विकास, शिक्षा, स्वास्थ्य, रोजगारी तथा पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले जनताको साथ र समर्थनले मात्र परिवर्तन सम्भव हुने बताउनुभयो।

त्यसैगरी, केन्द्रीय सदस्य करिमा बेगमले पार्टीलाई सुदृढ बनाउन स्थानीय तहबाटै संगठन विस्तार आवश्यक रहेको बताउँदै महिला, युवा तथा पछाडि परेका समुदायको अधिकार सुनिश्चित गर्न जसपा निरन्तर लागिरहने धारणा राख्नुभयो।

कार्यक्रम अन्तर्गत घरदैलो अभियानसमेत सञ्चालन गरिएको थियो। नेता–कार्यकर्ताहरूले घरघरमा पुगेर स्थानीय बासिन्दासँग भेटघाट गरी उनीहरूको समस्या तथा सुझाव संकलन गरेका थिए। स्थानीय बासिन्दाहरूले पनि कार्यक्रममा उत्साहजनक सहभागिता जनाएका थिए।

जसपाले आगामी दिनहरूमा पनि क्षेत्रका विभिन्न वडाहरूमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

सम्बन्धित खबर

भारतीय एसएसबीले भत्कायो नेपाली भूमि सुस्तामा छिरेर निर्माणाधीन बाँध

लक्की खबर

रक्सौल आइपुग्यो युरिया मलको पहिलो खेप, आजै वीरगञ्ज भित्र्याइने तयारी

लक्की खबर

NRN युवती दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, इतिहासमा पहिलो गैरआवासीय नेपाली विजेता

लक्की खबर