Lucky-Khabar_

राष्ट्रिय स्वतन्त्र पार्टीले सार्वजनिक गर्‍यो नागरिक करार पत्र

काठमाडौं | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्राथमिकता, अवस्था र लक्ष्यसहितको ‘नागरिक करार पत्र’ सार्वजनिक गरेको छ।

content ad p2

करार पत्र सार्वजनिक गर्दै पार्टीले विगतमा दलहरूले गरेका अधुरा वाचाका कारण जनताले नै परिणाम भोग्नुपरेको उल्लेख गरेको छ। “चुनावमा धेरैले धेरै पटक बाचा गरे, तर पूरा नगरेको परिणाम जनताले निरन्तर भोग्नुपर्‍यो। हामी पूरा नहुने वाचा होइन, जनतासँग प्रतिज्ञाको करार गर्दैछौं,” करार पत्रमा भनिएको छ।

रास्वपाले करार पत्रमार्फत पाँच प्रमुख प्राथमिकता तथा लक्ष्य तय गरेको जनाएको छ। पार्टीले १२ लाख नयाँ रोजगारी सिर्जना गर्ने लक्ष्य राखेको छ। ती रोजगारी सूचना प्रविधि (आईटी), निर्माण, पर्यटन, कृषि, खनिज, उद्योग तथा सेवा–व्यापार क्षेत्रमा सिर्जना गरिने उल्लेख गरिएको छ।यस्तै, १५ हजार मेगावाट विद्युत् जडित क्षमता पुर्‍याउने तथा ३० हजार किलोमिटर राष्ट्रिय राजमार्ग निर्माण गर्ने लक्ष्यसमेत करार पत्रमा समेटिएको छ।

सम्बन्धित खबर

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमको राष्ट्रिय समीक्षा सम्पन्न

लक्की खबर

पर्सा ट्राफिक प्रहरीको‘२ पाङ्ग्रे सवारी चालकसँग २ मिनेट’ अभियान, चालकलाई ट्राफिक नियमबारे सचेतना कार्यक्रम

लक्की खबर

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई राहदानी कसुर मुद्दामा पक्राउ

लक्की खबर