काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य फेरि वृद्धि भएको छ। नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजेल/मट्टितेलको नयाँ मूल्य निर्धारण गरेको जनाएको छ।

निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँले बढाइएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ वृद्धि गरिएको छ।
नयाँ समायोजनपछि काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १५६ रुपैयाँ पुगेको छ। त्यस्तै सुर्खेत र दाङमा १५५ रुपैयाँ कायम गरिएको छ। चारआली, विराटनगर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा भने पेट्रोलको मूल्य १५३ रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ।


