बिरगंज|वीरगञ्ज महानगरपालिका अन्तर्गत वडा नम्बर–१५ भेडियाही र वडा नम्बर–१६ शिवम टोलमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–१ का उम्मेदवार ओमप्रकाश सरार्फ ले भेटघाट तथा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्।

घरदैलो अभियानका क्रममा सरार्फले स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गर्दै आफ्नो चुनावी एजेन्डा प्रस्तुत गरेका थिए। उनले क्षेत्रको विकास, रोजगारी सृजना, शिक्षा र स्वास्थ्य सेवामा सुधारलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रमकै अवसरमा टोल–टोलमा महिला टोली परिचालन तथा गठनसमेत गरिएको थियो। महिला सशक्तीकरणमार्फत निर्वाचन अभियानलाई प्रभावकारी बनाउने उद्देश्यले विभिन्न टोलमा महिला समूहहरू गठन गरिएको अभियान टोलीले जनाएको छ।
यसैबीच, उम्मेदवार सरार्फले वीरगञ्ज महानगरपालिका वडा नम्बर–२ मा पनि घरदैलो कार्यक्रम सम्पन्न गर्दै मतदातासँग प्रत्यक्ष छलफल गरेका छन्। स्थानीयवासीहरूले विकास निर्माण, पूर्वाधार सुधार र आधारभूत सेवाको विस्तारबारे आफ्ना सुझाव राखेका थिए।
सरार्फले जनताको सुझावलाई प्राथमिकताका साथ समेट्दै समग्र क्षेत्रको समृद्धिका लागि प्रतिबद्ध रहने बताए। उनले आगामी दिनमा पनि घरदैलो तथा भेटघाट कार्यक्रमलाई निरन्तरता दिने जानकारी दिएका छन्।


