Lucky-Khabar_

पर्सा एक बिरगंज -२१ जनमत पार्टीको उम्मेदवार ओमप्रकाश सरार्फद्वारा भेटघाट एवं घरदैलो सम्पन्न

वीरगंज|जनमत पार्टीबाट पर्सा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार ओमप्रकाश सरार्फले वीरगंज महानगरपालिका–२१ को कुशवाहा टोल र तात्वा टोलमा घरदैलो अभियान सञ्चालन गरेका छन्।

उनले स्थानीयसँग भेटघाट गर्दै खानेपानी, शिक्षा, स्वास्थ्य र कृषिसम्बन्धी समस्याबारे जानकारी लिए।स्थानीयले खानेपानी अभाव, विद्यालयमा शिक्षक र पूर्वाधार कमी, स्वास्थ्य सेवाको कमजोर पहुँच तथा सिँचाइ र बजार व्यवस्थापन समस्याबारे गुनासो गरेका थिए।

content ad p2

सरार्फले यी आधारभूत क्षेत्रलाई प्राथमिकतामा राखेर योजनाबद्ध रूपमा काम गर्ने प्रतिबद्धता जनाए। उनले युवालाई रोजगारी, किसानमैत्री नीति र सामाजिक न्यायलाई मुख्य एजेन्डा बनाउने बताए।

सम्बन्धित खबर

परराष्ट्रमन्त्री खनाल र फ्रान्सेली राजदूतबीच शिष्टाचार भेट

लक्की खबर

वीरगञ्जमा महिलालाई तीनमहिने सिलाई कटाई तथा ब्युटिसियन तालिम

लक्की खबर

रास्वपा जगरनाथपुर–६ द्वारा शुभकामना आदानप्रदान तथा  जनगुनासो सुनुवाइ कार्यक्रम सम्पन्

लक्की खबर