Lucky-Khabar_

प्रहरीलाई गृहमन्त्री गुरुङको निर्देशन : निर्धक्क भएर काम गर्नू, कुनै हस्तक्षेप हुन्न

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले निर्धक्क भएर आफ्नो जिम्मेवारी बहन गर्न प्रहरीलाई निर्देशन दिएका छन्। प्रहरीले आफ्नो भूमिका निर्वाह गर्ने क्रममा कुनै पनि तहबाट हस्तक्षेप नहुने गृहमन्त्री गुरूङको भनाइ थियो।

आज प्रहरी प्रधान कार्यालमया भएको कार्यक्रममा गृहमन्त्री गुरूङले समाजले प्रहरीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको बताए। नागरिक र प्रहरीबीचको दूरी घटाउँदै शिष्ट बोली, बचन एवं व्यवहारका साथ नागरिकको समस्यालाई सम्बोधन गरी उत्कृष्ट सेवा प्रवाह गर्नुपर्नेमा उनको जोड थियो।

content ad p2

नागरिकसँगको सम्बन्धलाई थप सुमधुर बनाउँदै प्रहरीले उपलब्ध साधनस्रोतहरू नागरिकको सेवाका लागि उच्चतम प्रयोग गर्न उनले जोड दिए।

प्रहरी कर्मचारीको वृत्ति विकास कार्यसम्पादन एवं वैज्ञानिक प्रणालीको आधारमा हुने उल्लेख गर्दै गृहमन्त्री गुरूङले साङ्गठनिक सुदृढीकरणलाई विशेष प्राथमिकतामा राख्दै समयानुकूल प्रविधिमैत्री एवं साधनस्रोत सम्पन्न बनाउन प्रतिबद्ध रहेको बताए।

सम्बन्धित खबर

वीरगञ्जमा महिलालाई तीनमहिने सिलाई कटाई तथा ब्युटिसियन तालिम

लक्की खबर

रास्वपा जगरनाथपुर–६ द्वारा शुभकामना आदानप्रदान तथा  जनगुनासो सुनुवाइ कार्यक्रम सम्पन्

लक्की खबर

जनताको समस्या सुन्न बहुबरी पुगे रास्वपाका सांसदहरू, कृषि, सिँचाइ, शिक्षा र स्वास्थ्यका विषयमा खुला छलफल

लक्की खबर