Lucky-Khabar_

बालेन सरकारका पर्सा र मधेस प्रदेशका प्रतीनिधि सभा सदस्यहरुलाई जेन जि पर्साको अगुवाद्वारा २१ बुन्दे सुझाव पत्र

बिरगंज । प्रधानमन्त्री बालेन्द्र शाह सँग मधेस प्रदेशका प्रतिनिधि सभा सदस्यहरूको विकास तथा जनसरोकारका विविध विषयमा महत्वपूर्ण छलफल हुने कार्यक्रम तय भएको छ। उक्त बैठकमा पर्सा जिल्लासँग सम्बन्धित प्रमुख मुद्दाहरूलाई प्राथमिकताका साथ उठाउन पर्साका चारै सांसदसहित मधेस प्रदेशका सम्पूर्ण सांसदहरूलाई आग्रह गरिएको छ।

content ad p2


पर्सा जिल्लाको औद्योगिक, शैक्षिक, स्वास्थ्य, कृषि तथा सुशासनसँग जोडिएका समस्याहरू समाधानका लागि सरकारको तत्काल ध्यान आवश्यक रहेको जनाउँदै विभिन्न विषयहरू छलफलका लागि प्रस्ताव गरिएका छन्। वीरगञ्जलाई औद्योगिक केन्द्रका रूपमा विकास गर्न विशेष आर्थिक प्याकेज घोषणा गर्नुपर्ने, स्थानीय तहमा देखिएको भ्रष्टाचारको छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने तथा लामो समयदेखि एउटै कार्यालयमा कार्यरत कर्मचारीहरूको सरुवा र अनुसन्धान गर्नुपर्नेमा जोड दिइएको छ।

त्यसैगरी, नारायणी अस्पताल र पोखरिया अस्पताल को स्तरोन्नति गर्दै सेवामुखी बनाउनुपर्ने, नारायणी रंगशाला लाई अन्तर्राष्ट्रिय स्तरको रंगशालाका रूपमा विकास गर्नुपर्ने तथा पर्साको खस्किँदो शैक्षिक अवस्थालाई सुधार गर्न विशेष कार्यक्रम ल्याउनुपर्ने माग गरिएको छ।

कृषि क्षेत्रमा किसानका समस्याहरू समाधान गर्न ठोस योजना लागू गर्नुपर्ने, सिर्सिया नदी लाई प्रदूषणमुक्त तथा अतिक्रमणमुक्त बनाउँदै धार्मिक नदी घोषणा गर्नुपर्ने, साथै वीरगञ्ज चिनी कारखानाको समस्या समाधान गरी पुनः सञ्चालनमा ल्याउनुपर्ने विषय पनि प्राथमिकतामा राखिएको छ।यसका अतिरिक्त, सरकारी कार्यालयहरूमा सेवा प्रवाह सुधार, वीरगञ्जमा स्वच्छ खानेपानीको दीगो व्यवस्था, मधेसलाई सुख्खायाम क्षेत्र घोषणा गरी विशेष राहत प्याकेज ल्याउने, खुला सीमाबाट हुने तस्करी नियन्त्रण गर्ने तथा लागूऔषध दुव्र्यसन नियन्त्रणका लागि प्रभावकारी कार्यक्रम सञ्चालन गर्नुपर्ने माग पनि उठाइएको छ।

महिला हिंसा न्यूनीकरणका लागि कडा कानुन कार्यान्वयन, वीरगञ्ज महानगरपालिका भित्र देखिएका भ्रष्टाचारका घटनाहरूको छानबिन, प्रहरी प्रशासनलाई जनमैत्री बनाउने, स्वास्थ्य सेवाको विस्तार तथा सरकारी कर्मचारीलाई थप जवाफदेही बनाउने विषय पनि समेटिएका छन्।यसैगरी, बन्द तथा समस्याग्रस्त उद्योग–कलकारखानाहरू पुनः सञ्चालनमा ल्याउने, साना तथा मझौला उद्योगी–व्यवसायीका समस्या समाधान गर्ने र सहकारी पीडितहरूको समस्या समाधानका लागि सरकारले ठोस कदम चाल्नुपर्नेमा जेनजी अगुवा महादेव कुर्मीले जोड दिइएको छ। यी सबै मुद्दाहरूले पर्सा जिल्लाको समग्र विकास र जनजीवन सुधारमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

सम्बन्धित खबर

हमासको हतियार बिसाउने सहमतिलाई पाकिस्तानको स्वागत

लक्की खबर

भारतीय अभिनेता विक्रान्त मास्से काठमाडौंमा

लक्की खबर

पर्सामा हिन्दूवादी सङ्गठनहरूले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिए

लक्की खबर