Lucky-Khabar_

‘जेन–जी’ सांसद ठाकुर उपसभामुख निर्वाचित: सुबिधा कति त !

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको रिक्त उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी सांसद रुवीकुमारी ठाकुर भारी बहुमतसहित निर्वाचित भएकी छन्। नयाँ बानेश्वरस्थित संसद् भवनमा शुक्रबार भएको मतदानमा उनले स्पष्ट बहुमत प्राप्त गर्दै पद सम्हालेकी हुन्।

content ad p2

निर्वाचनमा सहभागी २५६ सांसदमध्ये ठाकुरको पक्षमा २२९ मत परेको थियो भने विपक्षमा मात्र ५ मत आयो। २२ जना सांसद तटस्थ बसे। उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा र आफ्नै दल श्रम संस्कृति पार्टीका सांसदहरूको समर्थन प्राप्त भयो। राप्रपाकी उम्मेदवार सरस्वती लामाको प्रस्ताव भने बहुमतले अस्वीकृत भयो। नेकपा एमालेका सांसदहरू मतदानमा तटस्थ रहे।

नवनिर्वाचित ठाकुर हालको संसद्कै सबैभन्दा कान्छी सदस्य अर्थात् ‘जेन–जी’ पुस्ताकी प्रतिनिधि हुन्। समानुपातिक प्रणालीबाट निर्वाचित उनी अब संसद्को दोस्रो महत्वपूर्ण पदमा पुगेकी छन्, जसलाई युवा नेतृत्वको उभारका रूपमा हेरिएको छ।

उपसभामुखले सङ्घीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिकसम्बन्धी ऐन, २०७३ अनुसार मासिक ६० हजार ९७० रुपैयाँ पारिश्रमिक र १ हजार रुपैयाँ विशेष भत्ता पाउनेछन्। प्रत्येक बैठकमा १ हजार रुपैयाँ बैठक भत्ता र स्वदेश तथा विदेश भ्रमणमा दैनिक २ हजार ५०० रुपैयाँ भत्ता उपलब्ध हुनेछ।

यसका साथै, सरकारी आवास वा त्यसको विकल्पमा घरभाडा, सवारीसाधन, इन्धन सुविधा, सचिवालय सञ्चालन खर्च र अतिथि सत्कार खर्चसमेत राज्यले व्यहोर्नेछ। उनको सचिवालयमा आवश्यक कर्मचारी व्यवस्था गरिनेछ।

सुरक्षाका लागि अंगरक्षक, गार्ड तथा सैनिक जवान खटाइनेछन् भने स्वास्थ्य उपचारका लागि संसद् सचिवालयमार्फत निःशुल्क सेवा उपलब्ध हुनेछ। साथै, सरकारी कामका सिलसिलामा विदेश भ्रमण गर्दा कूटनीतिक राहदानीको सुविधा पनि दिइने व्यवस्था छ।

सम्बन्धित खबर

पर्सा प्रहरीको व्यक्तिगत विवादलाई साम्प्रदायिक रंग नदिन आग्रह

लक्की खबर

सुदूरपश्चिम विश्वविद्यालयको छतबाट हाम फालेका युवकको उपचारका क्रममा मृत्यु

लक्की खबर

देवाही–गोनाहीका मेयर पदमुक्त प्रकरण : प्रभु साहद्वारा एमालेमाथि लोकतन्त्रको उपहास गरेको आरोप

लक्की खबर